नयाँ दिल्ली । चीनमा कोभिड १९ महामारीको कारण लगाइएको प्रतिबन्धको असर भारतमा पनि नराम्ररी परेको छ । भारतीय मिडियाहरुका अनुसार भारतीय सवारीसाधन निर्माता कम्पनी टाटा मोटर्सको आपूर्ति शृंखला चिनियाँ लकडाउनले प्रभावित बनेको हो ।
टाटा मोटर्सले आर्थिक वर्ष २०२१/०२२ को लागि वार्षिक प्रतिवेदनअनुसार आपूर्तिकर्ता कम्पनीलाई आफ्नो उत्पादनको आपूर्ति गर्न पाएको छैन । यसले कम्पनीलाई आफ्नो केही वा सबै संयन्त्रमा उत्पादन बन्द गर्नुपर्ने अवस्था समेत भोग्नुपर्ने देखिएको छ । टाटा मोटर्सले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘महामारी फैलावट रोक्न चीनका केही भागमा हाल लगाइएको लकडाउनले आपूर्ति शृंखला नराम्ररी प्रभावित भएको छ । यसको कारण हाम्रो आपूर्तिकर्ता आफ्ना उत्पादनको आपूर्ति गर्न पाइरहेका छैनन् ।’
कम्पनीका अनुसार यही हिसाबले मागमा समेत गिरावट आएको छ । लकडाउनको कारण चीनका केही स्थानमा केही डिलरशिप केन्द्र अस्थायी रुपले बन्द समेत भएको बताइएको छ । चालू आवमा कम्पनीको तथ्यांकमा यसको असर देखिनेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
- राज्यको प्राथमिकतामा उद्यामशीलता: मन्त्री भण्डारी
- गोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्याक्तिको मृत्यु
- दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र
- विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया