Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअर्बपति मुकेशले छोरालाई बनाए कम्पनीको अध्यक्ष

अर्बपति मुकेशले छोरालाई बनाए कम्पनीको अध्यक्ष


नयाँ दिल्ली । भारतको प्रमुख औद्योगिक घराना रिलायन्स इन्डस्ट्रिजमा मंगलबार उत्तराधिकार योजनाको पहिलो घोषणा भएको छ । अर्बपति मुकेश अम्बानीले ३० वर्षीय छोरा आकाश अम्बानीलाई रिलायन्स जियोको अध्यक्षमा नियुक्त गरेका हुन् । योसँगै ६५ वर्षमा मुकेशले अर्को पुस्तालाई व्यावसायिक जिम्मेवारी सुम्पिएका छन् । उनी आफू भने चर्चित दूरसञ्चार कम्पनीको बोर्डबाट हटेका छन् ।

मुकेश र उनकी श्रीमती नीता अम्बानीका तीन सन्तानमध्ये आकाश जेठा छोरा हुन् । आकाशबाहेक छोरी ईशा र छोरा अनन्त रहेका छन् । यी तीनमध्ये एकले कुनै प्रमुख कम्पनीमा पाएको नेतृत्वको यो पहिलो उदाहरण भएको भारतीय मिडियाले जनाएका छन् । आकाश र ईशा पहिलेदेखि नै जियो र रिलायन्स रिटेलको बोर्डमा थिए । अनन्त भने जियो प्लेटफर्मको बोर्डमा छन् । मुख्य कम्पनी रिलायन्स इन्डस्ट्रिजको कुरा गर्दा बोर्डमा अहिले अम्बानीका सन्तानहरु जानै बाँकी छ । रिलायन्स इन्डस्ट्रिजमा अहिले मुकेशको दम्पतीले मात्रै अम्बानी परिवारको प्रतिनिधित्व गरिरहेका छन् । मुकेश अम्बानी जियो प्लेटफर्म र रिलायन्स रिटेल भेन्चर्स लिमिटेडका अध्यक्ष पनि बनेका छन् ।

पछिल्लो केही वर्षयता टेलिकम र रिटेल संस्थासम्बन्धी अधिकांश कर्पोरेट घोषणाका बीच विशेष रुपमा आकाश र ईशालाई देखिँदै आएको थियो । आकाश अम्बानी सन् २०१४ मा रिलायन्स जियोको बोर्डमा सामेल भएका थिए । मंगलबार नियामक निकायमा बुझाइएको कागजातमा जियोले गरेको यो घोषणा सोमबार बोर्डले गरेको निर्णयलाई अनुमति दिइएपछि आएको हो । योसँगै आकाशले अध्यक्षको पदभार ग्रहण गरेको बताइएको छ ।

त्यस्तै जियोबाट मुकेश अम्बानीको राजीनामा पनि तत्काल स्वीकृत भएको छ । लामो समययता रिलायन्स ग्रुपसँग जोडिएको पंकज पवार पाँच वर्षका लागि जियोका एमडी नियुक्त भएका थिए । मुम्बईमा धीरुभाइ अम्बानी स्कुलबाट आकाशले आफ्नो विद्यालय शिक्षा पूरा गरेका थिए । उनले पछि ब्राउन युनिभर्सिटीबाट ग्रेजुएट गरे ।

टेलिकम र रिटेलमा समूहको विसतारको लागि लन्च र विकास रणनीतिलाई बढाउनेबाहेक आकाशलाई २०२० मा जियो प्लेटफर्ममा धेरै लगानी ल्याएको श्रेय उनैलाई जान्छ । कमपनीले यो अवधिमा ४६ लाख करोड मूल्यांकनमा डेढ लाख करोड जुटाएका थिए । जियो प्लटेफर्मले यो लगानी फेसबुक, गुगल, इन्टेल, केकेआर र सिल्भर लेक जस्ता कम्पनीबाट जुटाएको थियो ।

यही लगानीपछि समूहभित्रै उत्तराधिकार योजनाबारे छलफल सुरु भएको थियो । तर आधिकारिक रुपमा कम्पनीहरुले यसबारे केही बताएका थिएनन् । सम्भावित उत्तराधिकार योजनाको साथै बजार पहिलेदेखि नै अस्तव्यस्त थियो । किनभने जियो प्लेटफर्मको आधिकारिक मिडिया घोषणामा आम रुपमा आकाशको भनाइ हुन्थ्यो । जब कि रिटेलसँग सम्बन्धित घोषणामा ईशाले टिप्पणी गर्थिन् । यसबाट पनि ईशालाई खुद्रा कारोबारको नेतृत्व गर्न तयार गराइँदै छ भन्ने अड्कल काटिन थालिएको थियो ।

रिलायन्स जियोले सन् २०१६ को सेप्टेम्बरमा वाणिज्यसम्बन्धी परिचालन सुरु गरेपछि यो इन्डस्ट्रीको पूरै व्यापार मोडल रोकिदियो । कम्पनीले भ्वाइस कलिङलाई निःशुल्क गरिदियो । जो मोबाइल डेटा तथा इन्टरनेटको मूल्य घट्नुको कारण बन्यो । आर्थिक वर्ष २०२२ को नजिकतिर रिलायन्सको डिजिटल बिजनेस युनिट, जसमा मुख्य रुपमा जियो सामेल छ, को कारोबार १ लाख करोड रहेको थियो । यसले रिलायन्सको ७ लाख ९० हजार करोड भारुको कारोबारमा १३ प्रतिशत योगदान दिएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया