Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल१९औँ डाबर वाटिका तीज फेस्टिवल—सृजनशील उद्यमी मेला

१९औँ डाबर वाटिका तीज फेस्टिवल—सृजनशील उद्यमी मेला


काठमाडौं । हरितालिका तीजको अवसरमा महिला सृजनशील केन्द्रको आयोजना तथा राइजिङ नेपाल प्रालिको व्यवस्थापनमा १९औँ डाबर वाटिका तीज फेस्टिवल—सृजनशील उद्यमी मेला—२०७९ को आयोजना हुने भएको छ । आगामी साउन २७ देखि ३१ गतेसम्म हुने मेलालाई डाबर नेपालको डाबर वाटिका स्याम्पुले मुख्य प्रायोजन गरेको छ ।

उक्त ५ दिने मेला वर्ल्ड ट्रेड सेन्टरको चौथो तल्ला डीईसीसी, त्रिपुरेश्वर, काठमाडौंमा आयोजना हुनलागेको हो । यस पटक हुने बृहत् मेलामा सयभन्दा बढी स्टलहरु रहनेछ । त्यसैगरी २५ हजारभन्दा बढी आगन्तुकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । यस मेलाका मुख्य आकर्षणहरु घरेलु तथा हस्तकलाका सामग्रीहरुको प्रदर्शनी, तीज विशेष खानाका परिकारहरु, महिला उद्यमशीलता र वित्तीय पहुँचसम्बन्धी अन्तर्क्रिया कार्यक्रम, निःशुल्क स्वास्थ्यशिविर, फोटो सुट, मेहेन्दी आर्ट र हात खाली नजाने विशेष उपहारहरु राखिएको छ । मेलामा काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका साथै चन्द्रागिरि नगरपालिको सहयोगमा केही स्टलहरु रहनेछन् । साथै आयोजकद्वारा १० भन्दा बढी स्टल असहाय, अशक्त, अपाङ्ग र ग्रामीण क्षेत्र पिछडिएका दिदीबहिनीहरुलाई निःशुल्क प्रदान गरिएको छ ।

सृजनशील महिलाहरुलाई सीप र दक्षताको अभिवृद्धि गराई उद्यमशीलता तथा स्वरोजगारतर्फ प्रेरित गर्दै उनीहरुलाई आर्थिक रुपमा सबल बनाई प्रविधिमैत्री वातावरण सिर्जना गरी एक सफल उद्यमी बनाउने लक्ष्यका साथ विगत १९ वर्षदेखि सृजनशील उद्यमी मेलाको आयोजना हुँदै आएको संस्थाले जनाएको छ । विशेषतः अशिक्षित, भेदभाव तथा अवसरबाट वञ्चित महिला समुदायहरुलाई सीप सिकाई उनीहरुको सिर्जना तथा उत्पादनलाई बजारीकरण गर्न यस मेलालाई अवसरको रुपमा लिन सकिने आयोजकको भनाइ छ । संस्थाद्वारा सञ्चालित सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक, प्रशासनिकलगायत सम्पूर्ण क्षेत्रमा पहुँच पु-याउने विभिन्न किसिमका मेला, गोष्ठी, सेमिनार, तालिम तथा कार्यक्रमहरुको फलस्वरुप सात सयभन्दा बढी महिलाहरु स्वरोजगार भई काम गर्न सफल भएका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया