आईएमई लाइफद्वारा एकैदिन सात सय ४८ जना अभिकर्तालाई तालिम
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले स्थापनाको पाँचौँ वर्ष पूरा गरेको उपलक्ष्यमा शनिबार मुलुकभर सात सय ४८ जना नयाँ अभिकर्ताहरूलाई बीमा तालिम प्रदान गरेको छ ।
कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले एकैदिन पाँच सय जना अभिकर्तालाई बीमा तालिम दिने लक्ष्य राखिएकोमा सात सय ४८ जनालाई तालिम प्रदान गर्न सफल भएको जानकारी दिए । आईएमई लाइफ इन्स्योरेन्सका काठमाडौं उपत्यकाभित्रका बानेश्वर, महाराजगञ्ज र गोंगबु, गठ्ठाघरलगायतका शाखाका कार्यालयमा अभिकर्ताहरूलाई तालिम दिइएको थियो । त्यस्तै उपत्यकाबाहिर बिर्तामोड, विराटनगर, इटहरी, धरान, मिर्चैया, वीरगञ्ज, लहान, नुवाकोट, पोखरा, गुल्मी, दमौली, लेखनाथ, सोतीपसल, बुटवल, परासी, मुर्गीया, खजुरा, राप्ती सोनारी, भैरहवा, नेपालगञ्ज, बाँसगढी, गुलरिया, लम्की, भुरीगाउँ, टीकापुर, अत्तरिया, लम्की, झलारी, पुनर्बास, महेन्द्रनगरलगायतका स्थानहरूमा तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा व्यवसायको लागि समयसापेक्ष दक्ष जनशक्ति तयार पार्ने क्रममा कम्पनीद्वारा बीमा अभिकर्ता आधारभूत तालिम प्रदान गरिएको बताए । पाँचौँ वर्ष वर्ष पूरा गरेको अवसरमा कम्पनीले शनिबार सातवटै प्रदेशमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा पाँच सय ७१ जनाले रक्तदान गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री
- चट्याङ लागेर एक बालकको मृत्युु
- शनिबार एकीकृत समाजवादीको स्थायी समिति बैठक हुने
- रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल
- भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी: मुख्यमन्त्री कँडेल
- विश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह
- चीनमा साढे २९ करोड आन्तरिक पर्यटकले तय गरे यात्रा
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया