Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानमा बाढीले थप ५७ जनाको मृत्यु

पाकिस्तानमा बाढीले थप ५७ जनाको मृत्यु


इस्लामावाद । पाकिस्तानमा पछिल्लो २४ घण्टामा मनसुनी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ५७ जनाको मृत्यु हुनुका साथै सात हजार छ सय ८३ जना घाइते भएका राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जनाएको छ ।

एनडीएमएले शुक्रबार साँझ सार्वजनिक गरेको प्रतिवेदनअनुसार बाढीका कारण देशभर भएका विभिन्न दुर्घटनामा परी कम्तीमा १७ बालबालिका र १८ महिलाको मृत्यु भएको छ । यो अवधिमा देशको दक्षिणी सिन्ध प्रान्तमा ३८ जनाको मृत्यु हुनुका साथै सात हजार दुई सय चार जना घाइते भएका छन् । बाढी र डुबानका कारण उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा १७ जनाको मृत्यु भएको छ भने अन्य क्षेत्रमा दुई जनाको मृत्यु भएको छ ।

वर्षाका कारण पूर्वी पञ्जाब प्रान्तमा चार सय ७१ जना घाइते भएका छन् । त्यस्तै यो अवधिमा तीन लाख २० हजार छ सय ८० घर नष्ट भएका छन् भने तीन हजार सात सय ६६ पशुचौपाया नष्ट भएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया