Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशकी प्रधानमन्त्री हसिना र भारतीय राष्ट्रपति मुर्मुबीच भेटवार्ता

बंगलादेशकी प्रधानमन्त्री हसिना र भारतीय राष्ट्रपति मुर्मुबीच भेटवार्ता


नयाँदिल्ली । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले मङ्गलबार नयाँ दिल्लीमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति भवनमा शेख हसिनालाई स्वागत गर्दै राष्ट्रपतिले मुर्मुले भन्नुभयो, “हाम्रो साझा इतिहास, भाषा र संस्कृतिले हामीलाई एकअर्कासँग जोडेको छ, “राष्ट्रपति भवनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।” सो अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा भारत र बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्ध निकै अगाडि बढेको राष्ट्रपति मुर्मुले उल्लेख गर्नुभयो ।

उहाँले दुई देशले बङ्गलादेशको स्वतन्त्रताको ५०औँ वर्ष र भारत–बङ्गलादेश द्विपक्षीय सम्बन्धको स्वर्ण जयन्ती मनाउने तरिका साँच्चिकै विशेष रहेको उल्लेख गर्नु भएको छ । यी ऐतिहासिक उत्सवहरूमा भाग लिन भारतका राष्ट्रपति र प्रधानमन्त्री दुवैको भ्रमणले भारतको ठूलो महत्व देखाउँछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया