टेलिकमको रिचार्जमा शतप्रतिशत बोनस
काठमाडौं, चैत १३
नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई थप सहज बनाउन रिर्चाजमा शतप्रतिशत बोनसको व्यवस्था गरेको छ । कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागिसरकारले चैत ११ देखि १८ सम्म पूर्ण लकडाउन घोषणा गरेसँगै मोबाइल सेवालाई थप सहज बनाउन उक्त योजना ल्याएको जनाएको छ । सो व्यवस्था बिहीबारदेखि एक हप्तासम्मको लागि लागू हुनेछ ।
बोनसको व्यवस्थाअनुसार नेपाल टेलिकमको जीएसएम तथा सीडीएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशतबराबर बोनसको रूपमा प्राप्त हुनेछ । यसरी प्राप्त गरेको बोनस रकमबाट पेएजयूगो (प्याकेजबाहेकको दररेट)अन्तर्गत नेपाल टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सकिनेछ । तर उक्त बोनस रकमबाट ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न वा गिफ्ट पठाउन सकिनेछैन । रिचार्ज कार्ड प्रयोग गरी ५० रुपैयाँ र एक सय रुपैयाँको रिचार्ज गर्दा प्राप्त हुने बोनस रकम दुई दिनभित्र खपत गरिसक्नुपर्छ भने दुई सय र पाँच सय रुपैयाँको रिचार्जमा प्राप्त हुने बोनस रकम चार दिनभित्र खपत गरिसक्नुपर्नेछ ।
त्यसैगरी एक हजार रुपैयाँको रिचार्जमा प्राप्त हुने बोनस रकम ६ दिनभित्र खपत गरिसक्नुपर्नेछ । एमपोस वा विद्युतीय रिचार्जअन्तर्गत १० रुपैयाँदेखि ९९ रुपैयाँसम्मको रिचार्जमा प्राप्त हुने बोनस दुई दिनभित्र खपत गरिसक्नुपर्नेछ । साथै एक सय रुपैयाँदेखि चार सय ९९ रुपैयाँसम्मको रिचार्जमा प्राप्त हुने बोनस चार दिनभित्र खपत गरिसक्नुपर्नेछ । यसैगरी पाँच सयदेखि नौ सय ९९ रुपैयाँसम्मको रिचार्जमा प्राप्त हुने बोनस ८ दिनभित्र खपत गर्नुपर्ने हुन्छ भने एक हजार रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा प्राप्त हुने बोनस १० दिनभित्र खपत गरिसक्नुपर्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- विद्युतीय चुरोट प्रतिबन्धको तयारीमा सरकार
- स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री
- चट्याङ लागेर एक बालकको मृत्युु
- शनिबार एकीकृत समाजवादीको स्थायी समिति बैठक हुने
- रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल
- भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी: मुख्यमन्त्री कँडेल
- विश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया