Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिसामूहिक चित्रकला प्रदर्शनी

सामूहिक चित्रकला प्रदर्शनी


काठमाडौं । साइकल कल्चर कम्युनिटीको आयोजनामा नेपालका लब्धप्रतिष्ठित कलाकारहरूद्वारा सिर्जित कलाकृतिको सामूहिक चित्रकला प्रदर्शनी आयोजना हुने भएको छ । गतिशीलताको विम्ब पाङ्ग्रा शीर्षकसहित आज अर्थात् सोमबारदेखि सो प्रदर्शनी हुन लागेको हो ।

आयोजकका अनुसार प्रदर्शनीका लागि तयार छ दर्जन सबै चित्रकृतिहरू विशुद्ध साइकल संस्कृति प्रवद्र्धन हेतुले सिर्जिएका छन् । साइकल कल्चर कम्युनिटीले नेपाल पर्यटन बोर्डमा गत असोजमा चित्रकलामा साइकल संस्कृति कार्यशाला सम्पन्न गरेको थियो । सो कार्यशालामार्फत सिर्जित राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमै ख्यातिप्राप्त कलाकारका साइकल संस्कृतिमैत्री विशिष्ट कलाकृतिहरूको प्रदर्शनी नेपाली सन्दर्भमा नवीन उदाहरण मान्न सकिने कार्यशाला तथा प्रदर्शनीका कला–संयोजक रविन कोइराला बताउँछन् । सिर्जित चित्रकृतिहरू अमूर्त, मूर्त, अर्धमूर्त, यथार्थवादी तथा अतियथार्थवादी शैलीका छन् ।


क्याटेगोरी : कला / संस्कृति
ट्याग : #page 3

तपाईको प्रतिक्रिया