Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिसभामुख घिमिरेद्वारा सम्पूर्ण नेपालीमा ल्होसार पर्वको शुभकामना

सभामुख घिमिरेद्वारा सम्पूर्ण नेपालीमा ल्होसार पर्वको शुभकामना


काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले सोमबार जारी गरेको शुभकामना सन्देशमा ल्होसार पर्वलाई लोप हुन लागेका परम्परा जगेर्ना गर्दै मौलिक पर्वका रुपमा मनाउन प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन् ।

सभामुख घिमिरले हिमाली आदिवासी शेर्पा समुदायको नयाँ वर्ष २१५१ औँ ग्याल्पो ल्होसार (डुक ल्हो)को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उक्त शुभकामना दिएका हुन् ।

सभामुख घिमिरेले सनातनदेखि आस्थाको धरोहरको रुपमा रहेका चाडपर्वले विविधताभित्रको एकता हुँदै आएको र नेपाली चाडबाड, संस्कृति, संस्कार मनाइरहँदा नयाँ पुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी भएको बताएका छन् ।

फागुन शुक्ल प्रतिपदाका दिन प्रत्येक वर्ष शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार आफन्त भेटघाट र पूजाआजा गर्नुका साथै गुथुक र खाप्सेजस्ता खानेकुरा खाएर तथा सांस्कृतिक कार्यक्रम गरी मनाइन्छ ।


क्याटेगोरी : कला / संस्कृति

तपाईको प्रतिक्रिया