Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअटो बजारजिडब्लुएमको वीन्टर अफर: दि लक्सरी ड्राईभ र गियर अप फर ग्रेट डिल्स

जिडब्लुएमको वीन्टर अफर: दि लक्सरी ड्राईभ र गियर अप फर ग्रेट डिल्स


काठमाडौं । नेपालमा जि.डब्लु.एम.सवारी साधनहरूको आधिकारिक वितरक भिजि इम्पेक्सले लक्जरी, सेभिङ साथै अन्य फाइदाहरुका साथ वीन्टर अफर ल्याएको छ । यो सिजनमा यी उत्कृष्ट प्रस्तावहरू लक्जरी ड्राइभको आनन्द लिन चाहने कार उत्साहीहरूलाई विशेष अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।

दि लक्जरी ड्राइभ : तीन लाखसम्मको फाइदा

लक्जरी ड्राइभ खोज्नेहरूका लागि, जिडब्लुएमले दि लक्जरी ड्राइभ प्रस्ताव ल्याएको छ । यो अफरमार्फत विद्युतीय सवारी साधन उत्साहीहरूले जिडब्लुएमका प्रिमियम र परिष्कारको अनुभव लिन सक्ने छन्, जसमा तीन लाख रुपैयाँसम्मको फाइदाहरू छन् । ९.४९ लाखको डाउन पेमेन्टमा रेट्रो–मोर्डनिस्टिक ओरा ०३ इभीले वातावरणीय चेतनासँग अत्याधुनिक प्रविधिको संयोजनसहितको पहिले अनुभव नगरिएकोे ड्राइभिङ अनुभव प्रदान गर्दछ ।

उत्कृष्ट सम्झौताहरूका लागि गियर अप फर ग्रेट डिल्स : सात लाखसम्मका फाइदाहरू

जिडब्लुएमको गियर अप फर ग्रेट डिल्स अफरको साथ ग्राहकहरूले जिडब्लुएमका प्रिमियम एसयूभीहरुमा आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, फ्रि एक्सेसरिज र निःशुल्क व्यापक बीमासहित धेरै सुविधाहरूको आनन्द लिन सक्नेछन् । कम्पनीका अनुसार यो विशिष्ट प्याकेजले ग्राहकहरूलाई आकर्षित गर्नुका साथै पर्याप्त बचत र अतिरिक्त सुविधाहरूको मजा लिन सक्नेछन्, चाहे प्रिमियम एसयूभी होस वा विद्युतीय सवारी होस् जिडब्लुएमसँग प्राथमिकता र जीवनशैली अनुरूप विभिन्न विकल्पहरू रहेका छन् ।

ग्राहकहरूलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले यो अफरहरु त्यस प्रतिबद्धताको प्रमाण भएको जनाएको छ । लक्जरी ड्राइभ र गियर अप फर ग्रेट डिल्स यस सिजनमा ग्राहकहरूलाई आनन्द र उत्साह प्रदान गर्न विशेष रुपमा तयार पारिएको कम्पनीको भनाई छ ।


क्याटेगोरी : अटो बजार

तपाईको प्रतिक्रिया