Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोभिड खोप शोधकर्ता दुई वैज्ञानिकलाई नोबेल पुरस्कार

कोभिड खोप शोधकर्ता दुई वैज्ञानिकलाई नोबेल पुरस्कार


एजेन्सी । यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार कोभिड–१९ विरुद्धको खोप विकाससम्बन्धी खोज गर्ने दुई अमेरिकी जीव शास्त्रीद्वय काटालिन कारिको र ड्रयु वेसम्यानलाई प्रदान गरिने भएको छ । पुरस्कार छनोट समितिले कोभिड–१९ विरुद्धको खोपका लागि मार्गप्रशस्त गर्ने ‘एमआरएनए’ प्रविधिमा काम गरेबापत उनीहरुलाई नोबेल पुरस्कारबाट सम्मानित गर्न छनौट गरेको हो ।

नोबेल पुरस्कार समितिले पुरस्कार विजेताहरुले आधुनिक समयमा मानवस्वास्थ्यले सामना गरेको सबैभन्दा ठूलोमध्येको जोखिमका बेला अभूतपूर्व गतिमा गरिएको खोप विकासका लागि योगदान दिएका थिए ।

विश्व स्वास्थ्य संगठनले सन् २०२०को मार्चमा कोभिड–१९ लाई महामारी घोषणा गरेको थियो भने डिसेम्बरमा ‘एमआरएनए’ खोप प्रयोगका लागि स्वीकृति दिएको थियो । त्यसपछि यही प्रविधिमा रहेर मोडर्ना र फाइजर बायोएनटेकले खोप उत्पादन गरेका थिए । अर्बौँ मात्रमा उत्पादन गरिएको यो खोप विश्वभर प्रयोग गरिएको थियो । पुरस्कार समितिले यो खोपले लाखौँ मानिसको ज्यान बचाएको उल्लेख गरेको छ ।

६८ वर्षीय कारिको र ६४ वर्षीय वेसम्यान सन् १९९० को दशकको सुरुतिर पहिलो पटक भेट भएका थिए । एमआरएनएमा उनीहरुको रुचि वैज्ञानिक क्षेत्रको असामान्य काम मानिएको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया