Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा कोरोना खोप लगाउन सुरु

चीनमा कोरोना खोप लगाउन सुरु


काठमाडौँ, भदौ ९
चीनले कोरोना रोक्न आफ्ना नागरिकलाई खोप लगाउन थालिएको दाबी गरेको छ । चीनको कोभिड–१९ भ्याक्सिन डेभलपमेन्ट टास्क फोर्सका प्रमुखसमेत रहेका राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी चङ चोङवेइले आपत्कालीन प्रयोगका लागि खोप लगाउन सुरु गरिएको जानकारी दिएका हुन् ।

चिनियाँ भ्याक्सिन म्यानेजमेन्ट कानुनको समन्वयमा शनिबार बेइजिङको घरेलु कम्पनीबाट खोप लगाउन थालिएको उनले बताए । ‘कोरोनाको उच्च जोखिममा रहेका मानिस जस्तैः स्वास्थ्यकर्मी, महामारी नियन्त्रक र भन्सार कर्मचारीमा खोप प्रयोग गर्न कानुनी अनुमति प्राप्त भएको छ,’ शनिबार राति चिनियाँ केन्द्रीय टेलिभिजन (सीसीटीभी) मा बोल्दै चङले भने ।

उनका अनुसार आपत्कालीन प्रयोगका लागि दिएको आवेदनअनुसार चीनको केन्द्र सरकारले व्यापक छलफल र अध्ययनपछि जुन २४ मा योजनालाई अनुमोदन गर्दै अगस्ट २२ तारिखदेखि खोप लगाउन अनुमति दिएको हो । यस्तै चाइना नेसनल बायोटेक ग्रुपका प्रमुख याङ स्याउमिङले कम्पनीले खोपको तेस्रो चरण परीक्षणका लागि थुप्रै मुलुकसँग सम्झौता गरिसकिएको र अहिलेसम्म झन्डै २० हजार मानिसमा परीक्षण भइसकेको बताएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया