पाकिस्तानको अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढी क्षति
इस्लामाबाद । पाकिस्तानले यस वर्षको विनाशकारी बाढीका कारण अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढीको नोक्सानी व्यहोरेको छ । उक्त क्षति देशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत रहेको पाकिस्तानी योजना, विकास र विशेष पहल मन्त्री अहसान इकबालले सोमबार उल्लेख गरेका छन् ।
‘पाकिस्तान जलवायु परिवर्तनको सामना गर्ने सबैभन्दा कमजोर देश हो । बाढीबाट हुने क्षति र नोक्सानी पाकिस्तानको अर्थतन्त्रमा ठूलो बोझ बन्ने गरेको मन्त्रीले यहाँ आयोजित राष्ट्रिय बाढी प्रतिक्रिया केन्द्रको कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।
इकबालले सामाजिक सहयोगबाट सरकारले बाढीको संकटबाट अधिकांश आफ्नै स्रोतसाधनले बाहिर उम्किन सफल भएको यद्यपि चुनौती अझै समाप्त नभएको बताउँदै अन्तर्राष्ट्रिय समुदाय र परोपकारीहरुलाई बाढीपीडितलाई सहयोग जारी राख्न आग्रह गरेका छन् । उनले सरकारले पाकिस्तानलाई जलवायु प्रतिरोधी देश बनाउने खाका तयार पारेको बताउँदै अन्तर्राष्ट्रिय समुदायमा पनि यो ढाँचा प्रस्तुत गरिने बताए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया