Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘विराट सिंगिङ अइडल’को उपाधि श्रेष्ठलाई

‘विराट सिंगिङ अइडल’को उपाधि श्रेष्ठलाई


विराटनगर । विराटनगरको डिग्री कलेज मैदानमा जारी विराट एक्स्पोमा आयोजना गरिएको ‘विराट सिंगिङ अइडल’को उपाधि गृष्म श्रेष्ठले जितेका छन् । एक सय ५० जना प्रतिस्पर्धीलाई पन्छाउँदै श्रेष्ठले विराट सिंगिङ अइडल’को उपाधि जितेका हुन् ।

आइडलको फाइनल राउन्डमा छजना प्रतिस्पर्धी छनोट भएका थिए । छनोट भएका छ जनामा महिलाको सहभागिता नभएपछि महिलाहरूमध्ये अन्तिम समयसम्म आएकी नेहा खड्कालाई सहभागी गराइएको थियो । सिंगिङ आइडलको फर्स्ट रनरअप फुर्व तामाङ र सेकेन्ड रनरअप रमननाथ अधिकारी भएका छन् । नितेश आले मगर, रोहन तिम्सिना र अभिषेक काफ्लेले कुनै उपाधि जित्न सकेनन् । विजेताहरूले क्रमशः ५१ हजार, ३१ हजार र १५ हजार रुपैयाँका साथै विभिन्न गिफ्टह्यापर प्राप्त गरेको छन् ।

सिंगिङ आइडलको फाइनल राउन्डको निर्णायक टोलीमा गायिका इन्दिरा जोशी, सुमित खड्का र सुमन श्रेष्ठ रहेका थिए । दैनिक विभिन्न राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहँदै आएको छ । साङ्गीतिक साँझमा सबै उमेर समूहको बाक्लो उपस्थिति हुने गरेको छ । विराट एक्स्पोमा नेपाल भारतका अवलोकनकर्ताहरूको बाक्लो उपस्थिति रहँदै आएको छ । एक्स्पो अवलोकन गर्न आउनेहरूका लागि खाद्यान्न, प्लास्टिक, सवारीसाधनलगायतमा छुटको व्यवस्था गरिएका कारण समय थपिँदासमेत धेरै जना आएको आयोजकले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया