सुदूरपश्चिमका धेरै आयोजना संघीय सरकारको बजेटमा
काठमाडौं, जेठ १६
सरकारले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको बजेटमा सुदूरपश्चिमका उल्लेख्य योजना समावेश भएका छन् । बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बैतडी र बझाङमा फस्फोराइडको अन्वेषणको काम अगाडि बढाउने बताए । खतिवडाले सुदूरपश्चिम प्रदेशमा जडीबुटी विकास विशेष कार्यक्रम ल्याउने उल्लेख गरे।
सुदूरपश्चिममा जडीबुटी उत्पादन, प्रशोधन र बजारीकरण गर्ने योजना ल्याएको उनले बताए । साथै कैलालीको हरैयालाई विशेष आर्थिक क्षेत्र बनाइने भएको छ । महाकाली सिँचाइ आयोजनालाई उच्च प्राथमिकता दिदैं राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गर्ने समेत जनाइएको छ । उक्त आयोजनालाई सरकारले आगामी आर्थिक वर्षमा १० अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री खतिवडाले बताए । यसैगरी सरकारले कैलालीमा रहेको गेटा मेडिकल कलेजलाई सिकलसेल एनिमिया अनुसन्धान केन्द्रको रुपमा विकास गरिने जनाएको छ । बजेट भाषणमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई पनि अघि बढाइने उल्लेख गरिएको छ । डाक्टर खतिवडाले पश्चिम सेती जल विद्युत् योजनामा लगानी एकीन गरी कार्यान्वयन गर्ने बताए । महाकाली कोरिडोरको कामलाई निरन्तरता दिन आवश्यक बजेट छ्ट्याइएको छ । साथै कञ्चनपुरस्थित महाकालीनदीमाथि निर्माणाधीन पुल सम्पन्न गर्न ८८ करोड बजेट विनियोजन गरेको जनाएको छ ।
सुदूरपश्चिमको राजधानीमा पूर्वाधार विकास गर्न बजेट विनियोजन गर्ने भएको छ । कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खाबन्दरगाह निर्माण गर्ने बजेट छुट्याएको अर्थमन्त्री खतिवडाले बताए । बझाङको सदरमुकाम चैनपुर देखि चीन संगको सिमाना उरै नाकासम्म सडक निर्माण गर्न बजेट विनियोजित गरिएको छ । यसैगरी सुदूरपश्चिमको राजधानीमा आवश्यक भौतिक पूर्वाधार विकास गर्न आवश्यक बजेट व्यवस्थापन गरेको घोषणा गरिएको छ । धनगढी विमानस्थलको स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको बजेटमा उल्लेख छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान नभएसम्म आर्थिक समृद्धि हुँदैन: मन्त्री भण्डारी
- स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री
- चट्याङ लागेर एक बालकको मृत्युु
- शनिबार एकीकृत समाजवादीको स्थायी समिति बैठक हुने
- रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल
- भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी: मुख्यमन्त्री कँडेल
- विश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया