विदेश पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ
काठमाडौं, साउन १६
चेक रिपब्लिक पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका १२ बस्ने २६ वर्षीय रमेशकुमार रहेको प्रहरीले जनाएको उनलाई प्रहरीले बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विदेश पठाइदिने प्रलोभनमा पारी नगद ११ लाख १३ हजार रूपैयाँ रकम ठगी गरी फरार रहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बसुन्धाराबाट उनलाई पक्राउ गरेको हो । रमेशले अन्य १५ जना व्यक्तिहरूबाट समेत विभिन्न देश पठाइदिन्छु भनेर नगद १८ लाख रूपैयाँ समेत ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ । उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर पठाइएको महाशाखाले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
- वर्षाले डढेलो निभाउने आशा
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
- भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड
- भवन अभावले अध्ययन प्रभावित, एउटै कोठामा दुइ कक्षा सञ्चालन
- विद्युतीय चुरोट प्रतिबन्धको तयारीमा सरकार
- स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया