इन्फिनिक्सद्वारा नोट ७ सिरिज नेपालमा सार्वजनिक
काठमाडौं ।
इन्फिनिक्सले नयाँ नोट ७ सिरिज बजारमा ल्याएको छ । कम्पनीले विविध विशेषतासहितको नोट ७ को अर्को संस्करण (६ जीबी र १२८ जीबी)लाई नेपालमा सार्वजनिक गरेको हो । यसको मूल्य २३ हजार नौ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
इन्फिनिक्सका लागि नेपालको वितरक ओला इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेडले यस फोन तीनवटा कलरसहित रिफ्लेक्टिभ ग्लासमा उपलब्ध रहेको जानकारी दिएको छ । कम्पनीका अनुसार लामो समयको प्रतीक्षापश्चात् इन्फिनिक्सको नोट ७ बजारमा भित्रिएको हो । मोबाइल फोटोग्राफीमा आफ्नो छुट्टै इतिहास कायम गरिसकेको इन्फिनिक्सको यस फोनको प्रतीक्षाको मुख्य कारक पनि यस फोनको क्यामरा हो ।
यस इन्फिनिक्स नोट ७ मा ४८ एमपी क्वाइड लो लाइट क्यामरा रहेको छ । समय र यसको मागअनुरुप इन्फिनिक्सले आफ्नो फोनको क्यामरा र भिडियोलाई परिमार्जित गरी अझ स्तरीय बनाएको छ । उच्चस्तरीय क्यामराको साथै यस फोनमा हाई स्पिड हेलियो जी७० प्रोसेसर, पाँच हजार मेगाहर्ज ठूलो ब्याट्रीसहित इन्फिनिटी ओ डिस्प्ले रहेको छ । बहुमुखी ४८ मेगा फिक्सल क्वाईड क्यामेरा र लो लाइट क्यामरा टेक्नोलोजी भएकोले नै यो फोन बिक्रीको मुख्य कारण रहेको जनाइएको छ ।
इन्फिनिक्स नोट ७ प्रतिको माग र आवश्यकता ग्राहकहरुका रुचाइप्रति कम्पनीले आभार प्रकट गरेको छ । कम्पनीको अनुरुप आउने दिनहरुमा सेवालाई अझ प्राथमिकता दिई ग्राहकहरुलाई विश्वसनीय सेवा दिन कुनै कसर नछोड्ने जानकारी दिएको छ । विविध उच्चस्तरीय सेवा उपलब्ध यस फोनमा ग्राहकहरुले कुनै सम्झौताविना थोरै मूल्यमा धेरै सुविधा प्राप्त गर्नेछन् । फोटोग्राफीमा विशेष रुचि भएका ग्राहकहरुका लागि यस फोनले सोचेभन्दा बढी प्रतिफल दिने विश्वास लिइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- वर्षाले डढेलो निभाउने आशा
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
- भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड
- भवन अभावले अध्ययन प्रभावित, एउटै कोठामा दुइ कक्षा सञ्चालन
- विद्युतीय चुरोट प्रतिबन्धको तयारीमा सरकार
- स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री
- चट्याङ लागेर एक बालकको मृत्युु
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया