धादिङको बेनीघाट रोराङमा जीप दुर्घटना, १० घाइते, तीनको अवस्था गम्भीर
धादिङ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकामा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बेनीघाट रोराङ गाउँपालिका ४ मोहोरियाबाट मलेखु बजारतर्फ आउँदै गरेको ग २ च ७७८४ नं.को बोलेरो जीप वडा नं. ४ को छिबीगाउँमा दुर्घटना हुँदा १० जना घाइते भएको वडा अध्यक्ष गुणराज उप्रेतीले जानकारी दिए ।
वडाअध्यक्ष उप्रेतीका अनुसार बोलेरो जीप ग्रामीण सडकबाट करिब एक सय मिटर तल खसेको छ । दुर्घटनामा परी गम्भीर घाइते हुनेहरूमा बेनीघाट रोराङ ४ का वर्षीय २८ वर्षीय रमेश घले, २५ वर्षीय गरिमा घले, ७ वर्षीय बालक कुशल घले रहेका छन् ।
उनीहरूलाई राजमार्ग सामुदायिक अस्पताल मलेखुमा प्राथमिक उपचार गरी थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं रेफर गरिएको छ । त्यस्तै अन्य सात जनाको भने मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रवक्ता प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए । दुर्घटनास्थल पृथ्वी राजमार्गको मलेखु बजारबाट ८ किलोमिटर टाढा पर्दछ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
- भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड
- भवन अभावले अध्ययन प्रभावित, एउटै कोठामा दुइ कक्षा सञ्चालन
- विद्युतीय चुरोट प्रतिबन्धको तयारीमा सरकार
- स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री
- चट्याङ लागेर एक बालकको मृत्युु
- शनिबार एकीकृत समाजवादीको स्थायी समिति बैठक हुने
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया