माघे संक्रान्तिको रौनक, कन्दमूलले भरिए बजार
दोलखा ।
माघे संक्रान्तिको रौनक सबैतिर लागेको छ । माघे संक्रान्तिमा विशेष परिकारको रूपमा खाइने कन्दमूलले यतिबेला बजार भरिएको छ भने किनबेच गर्ने मान्छेहरुको समेत घुइँचो लागेको छ । दोलखा सदरमुकाम चरीकोट बजारमा बुधबार बिहानदेखि नै तरुल तथा कन्दमूल किनबेच गर्ने मानिसले भरिभराउ छ । माघी पर्वको लागि चाहिने भएकोले वनतरुल, घरतरुल, स्कुसको जरा, सखरखण्ड, भार्लाङ, पिँडालु लगायत कन्दमूलको व्यापार बढेको स्थानीय व्यापारी तारा बस्नेत राउतले बताइन् ।
यतिबेला तरुलको माग बढेपछि जिल्लाको मात्रै उत्पादनले नधान्ने भएपछि काठमाडौंको कालीमाटी बजारको तरुल ल्याएर समेत बिक्री गरिएको व्यापारीहरुको भनाइ छ । बैतेश्वर गाउँपालिका वडा नम्बर ३ की व्यापारी गोपी खड्काले बुधबार मात्रै तीन सय किलो तरुल बिक्री गरेको बताइन् ।
बिहीबार पनि सोही हाराहारीमा बिक्री हुने उनको अनुमान छ । सोही ठाउँकी तरकारी तथा फलफूल व्यापारी कमला बस्नेतले गत वर्षभन्दा यस वर्ष तरुलको माग बढेको बताइन् । बजारमा वनतरुल प्रतिकिलो तीन सय ५० रुपैयाँ, स्कुसको जरा प्रतिकिलो एक सय, घरतरुलको प्रतिकिलो एक सय ३० र पिँडालु र खाल्डे तरुलको प्रतिकिलो एक सय रुपैयाँ मूल्य रहेको छ । पछिल्लो वर्षहरुमा जङ्गलमा वनतरुल भने पाइन छाडेकाले किसानले गाउँघरमै तरुल खेती गर्न थालेको तरुल व्यापारी सर्मिला अधिकारीले बताइन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह
- चीनमा साढे २९ करोड आन्तरिक पर्यटकले तय गरे यात्रा
- मोरु डिजिटल वालेट फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश
- पठाओ फुड फेस्टमा दुई लाख ६० हजार बढी अर्डर डेलिभरी
- ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
- आवश्यकताका आधारमा फरक–फरक बीमालेख ल्याउन बीमा कम्पनीलाई निर्देशन
- डीएसपी सत्य नारायण थापालाई खुला पत्र !
- लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीको तयारी पूरा
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया