रुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
काठमाडौं ।
रुरु हाइड्रोपावर कम्पनी र एनआईबीएल एस क्यापिटलबीच सम्झौता भएको छ । हालै मात्र साधारण सेयर निष्काशन सम्पन्न गरेको रुरुले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई आफ्नो सेयर रजिष्ट्रार नियुक्त गर्ने विषयमा सम्झौता गरेको हो । आइतबार रुरु जलविद्युत् परियोजना लिमिटेड र एनआईबीएल एस क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार नियुक्ति गर्नेसम्बन्धी सम्झौता भएकोमा सोही मितिबाट उक्त सम्झौता लागू भएको कम्पनीले जनाएको छ ।
सम्झौतामा रुरु जलविद्युत्का तर्फबाट कम्पनीका अध्यक्ष आशिष सुवेदी तथा एनआईबीएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत, मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुुन् ।रुरु जलविद्युत् परियोजना लिमिटेड, कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भएको कम्पनी हो । यो परियोजनाले मार्च २०१५ बाट विद्युत् उत्पादन गर्दै आइरहेको छ । रुरु जलविद्युत् परियोजना लिमिटेडसहित एनआईबीएल एस क्यापिटल लिमिटेड सेयर रजिष्ट्रार रहेको कम्पनीहरूको संख्या ४७ पुगेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- विश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह
- चीनमा साढे २९ करोड आन्तरिक पर्यटकले तय गरे यात्रा
- मोरु डिजिटल वालेट फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश
- पठाओ फुड फेस्टमा दुई लाख ६० हजार बढी अर्डर डेलिभरी
- ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
- आवश्यकताका आधारमा फरक–फरक बीमालेख ल्याउन बीमा कम्पनीलाई निर्देशन
- डीएसपी सत्य नारायण थापालाई खुला पत्र !
- लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीको तयारी पूरा
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया