जिल्ला अस्पताल बझाङमा अक्सिजन प्लान्ट जडान
बझाङ ।
जिल्ला अस्पताल बझाङमा अक्सिजन प्लान्ट जडान गरी परीक्षण उत्पादन सुरु गरिएको छ । केही दिनभित्रै नियमित उत्पादन सुरु हुने अस्पतालले जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको ८० लाख रकमले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको हो ।
‘शुक्रबार परीक्षण उत्पादन सफल भएको छ । आइतबारबाट नियमित उत्पादन हुनेछ’, जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर सन्दिप ओखेडाले भने ‘बझाङ अस्पतालमा अब अक्सिजनको समस्या टरेको छ ।’ अहिले अक्सिजन सोझै बिरामी राख्ने बेडसम्म पाइपमार्फत जडान गर्ने प्रणाली स्थापना गर्ने काम भइरहेको उनले बताए । केही दिनभित्र १६ वटा बेडमा पाइपमार्फत अक्सिजन पु-याउने प्रविधि पनि सञ्चालनमा आउने उनले जानकारी दिए । नियमित उत्पादन सुरु भएपछि अक्सिजन प्लान्टबाट दैनिक चार सिलिन्डर अक्सिजन उत्पादन हुने अस्पतालले जनाएको छ ।
‘बिरामीको जोखिम मात्रै घटेको छैन । अब अक्सिजन भर्नका लागि जिल्ला बाहिर पठाउनुपर्ने र अक्सिजन कहिले आउला भनेर कुर्नुपर्ने अवस्था पनि अन्त्य भएको छ,’ डा. ओखेडाले भने, ‘आवश्यक पर्दा जिल्लाभित्रका अरू स्वास्थ्य संस्थालाई पनि अक्सिजन आपूर्ति गर्नसक्ने अवस्थामा हामी पुगेका छौँ ।’
जिल्ला अस्पतालमा अक्सिजन प्लान्टका लागि सुदूरपश्चिम प्रदेश सरकारले ८० लाख बजेटको व्यवस्थापन गरेको थियो । सोही रकमबाट अहिले जिल्ला अस्पतालमा अक्सिजन प्लान्टका लागि काम अघि बढाइएको हो । जिल्ला अस्पतालमा जोडिएको विद्युत् अक्सिजन प्लान्ट पर्याप्त नभएका कारण सञ्चालनमा कठिनाइ भएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- वर्षाले डढेलो निभाउने आशा
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
- भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड
- भवन अभावले अध्ययन प्रभावित, एउटै कोठामा दुइ कक्षा सञ्चालन
- विद्युतीय चुरोट प्रतिबन्धको तयारीमा सरकार
- स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री
- चट्याङ लागेर एक बालकको मृत्युु
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया