विराटनगर–काठमाडौं ‘बुलेट एसी’ बस सञ्चालनमा
विराटनगर । विराटनगरसहित प्रदेश १ को धरान र काँकडभिट्टाबाट काठमाडौँका लागि बुलेट एसी बस सञ्चालनमा आएको छ । विराटनगर–काठमाडौंका लागि सुविधासम्पन्न बुलेट एसी बस सञ्चालनमा आएका हो ।
बुलेट एसी प्रालिले देशभरका सात सहरका लागि काठमाडौँदेखि यो बस सञ्चालन गर्ने भएको हो । विराटनगर – काठमाडौँको लागि एक हजार सात सय ५५ रुपैयाँ पर्ने बुलेट बसको यात्रा भाडालाई दशैं अफरका रुपमा एक हजार पाँच सय रुपैयाँ कायम गरिएको छ । भाइकिङ्ग बस भएका कारण यस बुलेट एसी बसको सिट क्षमता ३९ रहेको छ । यसका सवार यात्रुका लागि कम्पनीले प्राथमिक स्वास्थ्य उपचारका लागि प्रयोग गरिने स्वास्थ्य किट उपलब्ध गराउनेछ ।
कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सामग्री किटमा समावेश गरिएको हुन्छ । किट उपलब्ध गराएबापत यात्रुले छुट्टै रकम बुझाउनुपर्नेछैन । किटमा पानी, ग्लोब्स, मास्क र केही रुघाखोकी लाग्दा सेवन गर्ने औषधिहरु समावेश गरिनेछ । सरोज न्यौपाने र उमेश खड्का लगायतले यो बुलेट बस प्रालिमार्फत सातवटा बस सञ्चालनमा ल्याएका हुन् । १० करोड ५० लाखको लागतमा सञ्चालनमा ल्याइएको बुलेट बसमा हवाइजहाजको जतिकै सुविधा रहेको दाबी गरिएको छ । यात्राको लागि यात्रुले अनलाइन तथा बुकिङ काउन्टरबाट टिकट लिन पाउने व्यवस्था गरिएको छ । बुलेट बस सञ्चालक समूहले २७ सिटर बस २/१ सोफा लक्जरी सिटसहितको बसहरु सञ्चालनको तयारी समेत गरेको छ । त्यसमा भने शौचालयको सुविधा बसभित्रै हुनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- डीएसपी सत्य नारायण थापालाई खुला पत्र !
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया