बाढी पहिरोपीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न इन्सेकको माग
काठमाडौं । वर्षायामको समाप्तिपछि एक्कासि मनसुन सक्रिय भई परेको भीषण वर्षाका कारण सिर्जित विपत्को दुःखद घडीमा मृतकका परिवार तथा पीडित नागरिकको सहायतामा तत्काल जुट्न इन्सेकले नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकारहरू र सम्पूर्ण सरोकारवाला निकायहरूसँग आग्रह गरेको छ ।
इन्सेकले आइबार जारी गरेको विज्ञप्तिमा पीडितहरूको सहायताका लागि सरकारी निकायको ध्यानाकर्षण गराइएको हो । ‘सामाजिक संस्था, विज्ञ तथा सम्बन्धित सरोकारवालाहरूको परिचालन गरी वर्षैपिच्छे दोहोरिने यस्ता घटना र त्यसको जोखिम न्यूनीकरण गर्न पूर्वतयारी तथा प्रतिकार्यको सुनिश्चितताका लागि कार्य गर्न आग्रह गर्दछौँ ।
विपत्को समयमा तीनै तहका सरकारको एकीकृत परिचालन गरी उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्था सुनिश्चित गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ’, इन्सेकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बालीनाली र पशु चौपायको अनिवार्य बीमाको व्यवस्था मिलाउन इन्सेकले तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ । विज्ञप्तिमा भनिएको छ– ‘समय–समयमा हुनसक्ने जुनसुकै प्रकारको विपत्को व्यवस्थापनका लागि तल्लो तहसम्म संयन्त्र निर्माण गर्न र आवश्यक परेका बेला त्यस्ता संयन्त्रलाई तदारूकताका साथ परिचालनको नीति अबलम्बन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौँ ।’
बेमौसमी बाढी पहिरोको प्रकोपका कारण एक सय एक जनाको मृत्यु भएको, ३७ जना बेपत्ता भएको, ७८ वटा घर, १६ वटा गोठ, छवटा पुल, एउटा विद्यालय र तीनवटा सरकारी कार्यालयमा क्षति पुगेको, एक सय ८६ वटा पशु चौपाय मरेको, एक हजार एक सय ८८ वटा घर परिवार विस्थापित भएको नेपाल प्रहरीले जनाएको छ । यो अवधिमा बाढीका कारण दुई हजार दुई सय ३२ वटा घर डुबानमा परेका प्रहरीको प्राम्भिक तथ्यांक छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
- आवश्यकताका आधारमा फरक–फरक बीमालेख ल्याउन बीमा कम्पनीलाई निर्देशन
- डीएसपी सत्य नारायण थापालाई खुला पत्र !
- लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीको तयारी पूरा
- विदेशीका लागि नयाँ पदयात्रा गन्तव्य
- सरकारको काम गठन र विघटन मात्रै
- प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण !
- मोरङ उद्योग व्यापार संघमा सबै सदस्य निर्विरोध
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया