मतदाता नामावली संकलनका लागि गाउँ जाँदै निर्वाचन आयोग
दोलखा । जिल्लाका ग्रामीण भेगमा रहेका स्थानीय तहमा पुगेर जिल्ला निर्वाचन कार्यालय दोलखाले मतदाता नामावली संकलन गर्ने भएको छ । जिल्ला निर्वाचन कार्यालयले आगामी मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन कार्य सुरु गर्न लागेको हो ।
नौ स्थानीय तहमध्ये भीमेश्वर नगरपालिकाबाहेकका आठ स्थानीय तहमा दुई चरणमा मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गर्न लागेको आयोगले जनाएको छ । जिल्लाभित्र रहेका मतदाता नामावलीमा नाम दर्ता गर्न योग्य भएका र यसअघि नाम दर्ता गर्न छुटेका नागरिकको नाम दर्ता गर्ने कार्य यसअघि जिल्ला प्रशासन कार्यालय दोलखा र जिल्ला निर्वाचन कार्यालय दोलखामा सञ्चालन हुँदै आएको थियो । जिल्लाका ग्रामीण भेगका नागरिकहरूलाई गाउँमै सेवा दिने उद्देश्यले आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न स्थानीय तहमा नै पुग्ने निर्णय गरेको हो ।
जिल्ला निर्वाचन कार्यालय दोलखाका प्रमुख विशाल केसीका अनुसार कार्यालयले आगामी मंसिर १७ गतेदेखि पहिलो चरणको नामावली संकलन कार्य जिल्लाको गौरीशंकर गाउँपालिका, बिगु र शैलुङ गाउँपालिकामा १० दिन सञ्चालन गर्नेछ । १० दिनको अवधिमा सम्बन्धित पालिकाभित्र बसोबास गर्ने १८ वर्ष उमेर पूरा भएका र बसाइँसराइ गरी आएका नागरिकको तथ्यांक संकलन गरेर निर्वाचन आयोग नाम दर्ता गराउने कार्य सञ्चालन हुनेछ । त्यस्तै दोस्रो चरणको मतदाता नामावली संकलन कार्य मंसिर २९ गतेदेखि पुस ९ गतेसम्म सञ्चालन गर्ने निर्णय जिल्ला निर्वाचन कार्यालय दोलखाले गरेको छ ।
दोस्रो चरणमा जिल्लाको जिरी नगरपालिका, बैतेश्वर गाउँपालिका, तामाकोशी र मेलुङ गाउँपालिका १० दिन नामावली संकलन गरिनेछ । त्यस्तै जिल्लाको भीमेश्वर नगरपालिकाभित्र बसोबास गर्ने र बाहिरी जिल्लाबाट विवाह तथा बसाइँसराइ गरी आएका नागरिकले जुनसुकै दिन जिल्ला प्रशासन कार्यालय दोलखा र जिल्ला निर्वाचन कार्यालय दोलखामा गएर आफ्नो नाम दर्ता गर्न सक्नेछन् । १८ वर्ष उमेर पुगेर नेपाली नागरिकता लिएका महिला तथा पुरुषले आफ्नो गाउँपालिका तथा नगरपालिकामा गएर निर्वाचन कार्यालयले खटाएका अधिकारीलाई आफ्नो सक्कली परिचय दिएर नाम दर्ता गर्न सक्नेछन् ।
जिल्ला निर्वाचन आयोग दोलखाले मतदाता नामावलीमा नाम समावेश गराउन दोलखाभित्र बसोबास गर्ने नागरिकको हकमा सक्कल नेपाली नागरिकता र सोको फोटोकपी र स्वयम् व्यक्ति उपस्थित हुनुपर्ने जनाएको छ । त्यस्तै विवाह तथा बसाइँसराइ गरी आएका नागरिकले विवाहदर्ता प्रमाणपत्र, बसाइँसराइको प्रमाणपत्र र नेपाली नागरिकताको साथमा निर्वाचन आयोग गएर व्यक्ति आफैँ नाम दर्ता गराउन सक्नेछन् । जिल्लामा अघिल्लो पटकको भन्दा यस पटक मतदाता संख्या वृद्धि हुने आकलन जिल्ला निर्वाचन कार्यालय दोलखाको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह
- चीनमा साढे २९ करोड आन्तरिक पर्यटकले तय गरे यात्रा
- मोरु डिजिटल वालेट फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश
- पठाओ फुड फेस्टमा दुई लाख ६० हजार बढी अर्डर डेलिभरी
- ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
- आवश्यकताका आधारमा फरक–फरक बीमालेख ल्याउन बीमा कम्पनीलाई निर्देशन
- डीएसपी सत्य नारायण थापालाई खुला पत्र !
- लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीको तयारी पूरा
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया