व्यवसायीको गुनासो, ‘सवारीसाधन पैठारीमा अप्ठ्यारो भयो’
काठमाडौं, माघ २१
नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले एजेन्सी नवीकरणमा विभिन्न समस्याहरु आउँदा सवारीसाधन पैठारीमा अप्ठ्यारो भएको बताएको छ । नाडा प्रतिनिधिमण्डलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालसँग भेटी सवारीसाधन पैठारीकर्ताहरुले आफ्नो एजेन्सी वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा समेत दर्ता गर्नुपर्ने विषयमा विस्तृत छलफल गरेको नाडाले जनाएको छ ।
उक्त भेटघाटको क्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले विभागमा एजेन्सी दर्ता तथा नवीकरण गर्दा पुराना विभिन्न ऐनले समस्याहरु आइपरेको बताए । एजेन्सी दर्ता तथा नवीकरण नहुँदा सवारीसाधन पैठारी गर्दा अप्ठ्यारो परेको हुनाले व्यवसायलाई सहजीकरण गरिदिन विभागसँग आग्रह समेत गरे । उक्त छलफलमा उपाध्यक्षद्वय करण चौधरी, आकाश गोल्छा र केन्द्रीय कार्यसमिति सदस्य निराकार श्रेष्ठले त्यसबारे थप स्पष्ट पारेका थिए ।
छलफलको क्रममा उद्योग वाणिज्य तथा आपूर्ति सचिव अर्यालले यसबारे केही दिनभित्रै नेपाल राष्ट्र बैंक, वाणिज्य, आपूति तथा उपभोक्ता हित संरक्षण विभाग र भन्सार कार्यालयहरुसँग छलफल गरी व्यवसायीहरुको सहजीकरणका लागि निर्णय गरिने जानकारी दिए । उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाललगायत नाडाका उपाध्यक्षद्वय करण चौधरी, आकाश गोल्छा महासचिव सुनिल रिजाल र केन्द्रीय कार्यसमिति सदस्य अभिक ज्योति, निराकार श्रेष्ठ तथा शुभाशीष थपलिया समेतको उपस्थिति रहेको थियो । त्यसैगरी सो छलफलमा विभागका निर्देशकहरुको समेत उपस्थिति थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
- वर्षाले डढेलो निभाउने आशा
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
- भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड
- भवन अभावले अध्ययन प्रभावित, एउटै कोठामा दुइ कक्षा सञ्चालन
- विद्युतीय चुरोट प्रतिबन्धको तयारीमा सरकार
- स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया