पिज्जा हटको लाइटर, क्रिस्पियर सान फ्रान्सिस्को शैलीको पिज्जा सार्वजनिक
काठमाडौं । नेपालमा सबैभन्दा मनपर्ने र भरपर्दो ब्रान्ड पिज्जा हटले आफ्नो लाइटर, क्रिस्पियर र स्वादिलो सान फ्रान्सिस्को शैलीको पिज्जा सार्वजनिक गरेको छ । पिज्जाप्रेमीहरुले आनन्द लिनसक्ने सान फ्रान्सिस्को शैलीको पिज्जामा शेफको विशेष सस र एक्स्ट्रा भर्जिन आलिभ आयल ड्रिजलको प्रयोग गरिन्छ । सान फ्रान्सिस्को शैलीको पिज्जा, पिज्जा हटको मेनुमा मात्र तीन सय ८९ रुपैयाँबाट उपलब्ध छ । यसको भेज÷ननभेज दुवैको मज्जा लिन सकिन्छ ।
यो पिज्जा बनाउन सावर डोको प्रयोग गरिन्छ जसले सान फ्रान्सिस्को शैलीको पिज्जालाई हल्का, क्रिस्पी बनावटको साथ अद्वितीय र विशिष्ट स्वाद दिन सहयोग गर्दछ । विशिष्ट आवरण भएका ह्यान्ड क्राफ्टेड पिज्जाहरुको माग बढ्दै गइइरहेको समयमा सान फ्रान्सिस्को शैलीको पिज्जा उपभोक्तामाझ पहिलो रोजाइ बनेको छ । काठमाडौँभरिका ग्राहकहरुले कुनै पनि उपलब्ध एग्रीगेटरहरुमार्फत डेलिभरिको लागि अर्डर गर्न सक्छन् र उत्कृष्ट डाइन–इन वा टेक–अवे अनुभवको लागि नजिकको पिज्जा हट रेष्टुरेन्टहरुमा जान सक्नेछन् ।
पिज्जा हट ब्रान्डले सरकार र डब्लुएचओद्वारा जारी गरिएका सबै नियम, प्रोटोकलहरु र दिशानिर्देशहरुलाई अधिकतम खाद्य स्वच्छता र ग्राहकहरुको सुरक्षाको लागि पालना गरेको छ । यो पिज्जा २४० डिग्रीमा पकाइन्छ जसले सबै भाइरसहरुलाई मार्छ साथै ट्याम्पर प्रुफ बक्सहरुमा प्याक गरिन्छ । उत्कृष्ट गुणस्तर र स्वाद सुनिश्चित गर्नका लागि सबै खाद्य तयारीहरुमा ताजा सेनिटाइज्ड तरकारीहरु र उच्च गुणस्तरका सामग्रीहरु प्रयोग गरिएका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
- वर्षाले डढेलो निभाउने आशा
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
- भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड
- भवन अभावले अध्ययन प्रभावित, एउटै कोठामा दुइ कक्षा सञ्चालन
- विद्युतीय चुरोट प्रतिबन्धको तयारीमा सरकार
- स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया