अप्टिकल फाइबरको समस्याले सञ्चार सेवा बन्द
बैतडी । अप्टिकल फाइबरमा समस्या आउँदा सुदूरपश्चिम प्रदेशका बैतडी र दार्चुलाको सञ्चार सेवा बन्द भएको छ । बैतडीको कटपतेदेखि सदरमुकाम गोठलापानी क्षेत्रमा रहेको अप्टिकल फाइबरमा समस्या आउँदा मंगलबार दिउँसो ३ बजेदेखि सञ्चार सेवा अवरुद्ध भएको हो ।
अप्टिकल फाइबरमा समस्या आएकाले नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा दुवै जिल्लाका हजारौँ सेवाग्राही मारमा परेका छन् । मोबाइल, फोन सेवा र इन्टरनेट नहँदा स्थानीय नागरिक सञ्चारविहीन हुनुका साथै निर्वाचनको मतपरिणामको अपडेट दिन पनि समस्या भएको सञ्चारकर्मीले बताएका छन् ।
नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार कटपतेदेखि सदरमुकाम गोठलापानी क्षेत्रमा रहेको अप्टिकल ‘ब्रेक’ हुँदा समस्या भएको र मर्मतका लागि प्राविधिक टोली खटिएको छ । उनले भने, ‘बैतडी र डडेल्धुराका प्राविधिकहरु खटिएका छन् । चाँडै सेवा सुचारु गर्न लागि परेका छौँ ।’
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- वर्षाले डढेलो निभाउने आशा
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
- भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड
- भवन अभावले अध्ययन प्रभावित, एउटै कोठामा दुइ कक्षा सञ्चालन
- विद्युतीय चुरोट प्रतिबन्धको तयारीमा सरकार
- स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री
- चट्याङ लागेर एक बालकको मृत्युु
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया