नेपालमा लगानी गर्न भियतनामलाई चेम्बरको आग्रह
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्नका लागि भियतनाम समक्ष आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारत भ्रमणमा रहेको चेम्बर पदाधिकारी टोलीले नेपाल, भुटान र भारतका लागि भियतनामका राजदूत न्गुयेन थान हायसँग छुट्टै भेटवार्ता गरी लगानी गर्न आग्रह गरेको हो ।
हायसँगको भेटवार्ताका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले नेपाल भियतनामबीच व्यापार अभिवृद्धि, लगानी प्रवर्द्धन, पर्यटनजस्ता क्षेत्रमा सहकार्य गर्नुपर्ने बताए । दुई मुलुकबीचको आर्थिक र कूटनीतिक सम्बन्धलाई प्रभावकारी र परिणाममुखी बनाउनुपर्ने अध्यक्ष मल्लको भनाइ छ । बौद्ध सर्किटको निर्माणका लागि आवश्यक पूर्वाधार बनाउन दुई देशको व्यापारिक समूहबीच सहकार्य गर्नसमेत अध्यक्ष मल्लले हायसँग प्रस्ताव गरे । उनले भने, ‘दुई मुलुकबीच कूटनीतिसँगै उच्चस्तरीय व्यापारिक साझेदारी हँुदै आएको छ, भियतनाममा बुद्धका अनुयायीहरू पनि प्रशस्त हुनुहुन्छ । बौद्ध सर्किट बनाएर धार्मिक पर्यटनलाई आर्कषित गर्न सकिन्छ, ।’
चेम्बर पदाधिकारीहरूसँगको भेटमा नेपाल, भुटान र भारतका लागि भियतनामका राजदूत हायले आफूले नेपालको भ्रमण छिट्टै गर्न लागेको सुनाए । नेपाल र भियतनामबीच व्यापारिक साझेदारी वृद्धि गर्न सहयोग गर्ने हायको भनाइ छ । हायसँगको भेटवार्तामा चेम्बर अध्यक्ष मल्लसहित निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्षहरू दिपक मल्होत्रा र उर्मिला श्रेष्ठको पनि सहभागिता रहेकोे थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9
ताजा अपडेट
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
- भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड
- भवन अभावले अध्ययन प्रभावित, एउटै कोठामा दुइ कक्षा सञ्चालन
- विद्युतीय चुरोट प्रतिबन्धको तयारीमा सरकार
- स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री
- चट्याङ लागेर एक बालकको मृत्युु
- शनिबार एकीकृत समाजवादीको स्थायी समिति बैठक हुने
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया