बास्तोला र सापकोटाको प्यानलबीच प्रतिस्पर्धा
काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए) को नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको छ । मंगलबार हुन लागेको वार्षिक साधारणसभामा वेदराज बास्तोला र प्रकाश सापकोटाले प्यानलै बनाएर सबै पदमा उम्मेदवारी दिएपछि नयाँ नेतृत्वको लागि निर्वाचन हुन लागेको हो ।
आइतबार भएको मनोनयन दर्तामा दुवै प्यानलले विभिन्न पदमा उम्मेदवारी दिएपछि निर्वाचन गर्न लागिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा बास्तोलाको प्यानलतर्फ वरिष्ठ उपाध्यक्षमा काभ्रेका व्यवसायी रमेश गौतमले उम्मेदवारी दिएका छन् । रमेश गौतमसँगै द्वितीय उपाध्यक्षमा विनोद तामाङ, महासचिवमा केदारनाथ कट्टेल, सचिवमा तेज लामा, कोषाध्यक्षमा रामकुमार बस्नेत, सदस्यहरूमा टेक पुन मगर, नकुल तिमल्सिना, राम आचार्य र नवराज अर्यालसहितको टिम निर्वाचनमा होमिएको हो ।
त्यस्तै, प्रकाश सापकोटाको टिममा भरतप्रसाद तिमल्सिना, शंक नारायण महर्जन, महासचिवमा अनिल मोक्तान, सचिवमा प्रमोद प्रसाद अर्याललगायतको उम्मेदवारी रहेको छ । संघसँग जोडिएका पूर्व टिमहरूले आफ्नो प्यानललाई समर्थन गरेको र अधिकांक मतदाताहरू आफ्नो पक्षमा खुलेरै लागेकोले बास्तोला प्यानलले सहजै चुनाव जित्ने दाबी सोही प्यानलबाट सदस्यका उम्मेदवार नवराज अर्यालले गरे । पूर्वअध्यक्ष रामशरण कार्की, पूर्वअध्यक्ष साङ्गे लामा, पूर्व प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठ, पूर्व प्रथम उपाध्यक्ष राजकुमार लामा, पूर्व प्रथम उपाध्यक्ष भीम गोलेलगायतका अधिकांश यातायात व्यवसायीले आफ्नो प्यानललाई समर्थन जनाएको बास्तोला प्यानलको दाबी छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया