Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगयेज्दी फाइभ थ्री फिफ्टी फेस्टिभल

येज्दी फाइभ थ्री फिफ्टी फेस्टिभल


काठमाडौं । जावा येज्दी मोटरसाइकल्सले ‘येज्दी फाइभ थ्री फिफ्टी फेस्टिभल’ योजना ल्याएको छ । नेपालीहरूको विशेष चाडपर्वको अवसर पारेर कम्पनीले सो योजना ल्याएको हो ।

यस योजनाअन्तर्गत येज्दीको भर्खरै बजारमा आएको एड्भेन्चर, स्क्याम्ब्लर, रोडस्टर र जावाका जुनसुकै मोडलहरू किन्दा पाँच वर्षका लागि निःशुल्क सर्भिसिङ तथा अन्य उपभोग्य सामान, तीन वर्षका लागि वार्षिक कर निःशुल्क र ५० हजार रुपैयाँ नगद छुट पाइने कम्पनीले जनाएको छ । यी आकर्षक उपहारका साथै सजिलो फाइनान्सिङ सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

चाडपर्वको बेलामा उच्च गुणस्तरको मोटरसाइकल चढ्ने सपनालाई साकार बनाउन कम्पनीले यो योजना ल्याएको बताएको छ । छ स्पिड गियर जडित येज्दी मोटरसाइकलहरू तीन सय ३४ सिसीको बिएस सिक्स लिक्विड कुल्ड इन्जिनयुक्त छन्, जसले न्यूनतम २९ दशमलव ५० बीएचपी पावर र २८ दशमलव दुई एनएमको टर्क दिने बताइएको छ ।

यसैगरी, येज्दी मोटरसाइकलहरू डुअल च्यानल एबीएस, बाटोअनुसार चेन्ज गर्न सकिने स्विचेबल एबिएस मोड, स्लिपर क्लच र युएसबी चार्जिंग पोर्ट र सेगमेन्टकै सबैभन्दा बढी ग्राउण्ड क्लियरेन्सजस्ता फिचरहरूले सुसज्जित छन् । साथै, कम्पनीले सोरुममा आएर उत्कृष्ट बाइकलाई नजिकबाट हेर्न, बुझ्न र टेस्ट राइड गर्न तथा अफरको फाइदा लिन पनि आग्रह गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया