Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

सामसङको नयाँ अफर


काठमाडौं । दशैं–तिहारको अवसरमा सामसङ नेपालले ‘रमाइलो दशैं तिहार, मायाले भरौँ घर परिवार’ शीर्षकको नयाँ चाडपर्व अफर घोषणा गरेको छ । यस अफरअनुसार ४१ प्रतिशतसम्मको छुटमा सामसङको टेलिभिजन सेट र होम अप्लायन्सहरू किन्न सकिनेछ ।

अफरले सामसङको टिभी, रेफ्रिजरेटर र वासिङ मेसिनको आकर्षक रेन्जलाई समावेश गरेको छ, जसमा क्यासब्याक अफरका साथ सामसङका नयाँ लन्चहरू पनि उपलब्ध छन् । ग्राहकहरूले क्रिस्टल युएचडी टिभीको अरबौँ रङ्गहरू, क्युएलईडी टिभीको नवीनता, फ्रेम टिभीको आकर्षण र सामसङको सबैभन्दा नयाँ सि–सिरिज लाइन–अपहरू उत्तिकै आकर्षक अफरका साथ आफ्नो घरमा ल्याउन सक्छन् । कुनै पनि सामसङको नयाँ टिभी खरिद गर्दा त्यसमा तीन वर्षको वारेन्टी पनि पाइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार होम थिएटर एक्सपेरिएन्स अफरअनुसार सामसङको कुनै पनि नयाँ टिभीसँग टी ४००, बि४५०, ए४५०, टी ४२० र एमएक्स–टी ५०लगायत जुन पनि साउण्डबारको खरिद गर्दा बन्डल छुट पाउन सक्ने बताइएको छ । यस्तै, नियो क्युएलईडी टिभी खरिद गर्दा ४१ हजार छ सय ९० रुपैयाँको बि ४५० साउण्डबार सित्तैमा पाउने छन् । यस्तै, सामसङ रेफ्रिजरेटर र वासिङ मेसिनको खरिदमा आकर्षक क्यासब्याक पाइने सामसङले जनाएको छ । साथै, कम्पनीले फ्रिजको डीआईटी कम्प्रेसर र वासिङ मेसिनको डीआईटी मोटरमा २० वर्षको वारेन्टी प्रदान गरेको छ ।

सामसङले आफ्नो यो अफर सबैको लागि सरल बनाउनका लागि झन्झटरहित शून्य प्रतिशत ब्याज भएको ईएमआई तथा फ्रि इन्स्टलेसनजस्ता सुविधा पनि प्रदान गरेको छ । अर्को स्टोरसँगकोे सहकार्यमार्फत ग्राहकहरूले सामसङ प्लाजा गई कुनै पनि उत्पादनमा अपग्रेड गर्दा बेस्ट भ्यालुएसन अन एक्सचेन्ज सेवाको पनि फाइदा उठाउन सक्ने बताइएको छ । मङ्सिर ४ गतेसम्म रहेको यो अफर नेपालमा सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारले उपलब्ध गराएको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया