Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटाटा नेक्सन–ईभी नेपालमा सार्वजनिक

टाटा नेक्सन–ईभी नेपालमा सार्वजनिक


काठमाडौं । टाटा मोटर्सको बहुप्रतीक्षित इलेक्ट्रिक कार नेक्सन–ईभी नेपालमा सार्वजनिक गरिएको छ । टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले नेक्सन–ईभी नेपाली बजारमा ल्याएको हो । कम्पनीले मंगलबार एक भर्चुअल कार्यक्रमको आयोजना गरी नेक्सन–ईभीको विविध संस्करण सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार २०५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्समा कम्प्याक्ट एसयूभीमा उपलब्ध नेक्सन–ईभीको सबैभन्दा सस्तो भेरिएन्टको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ रहेको छ । यस्तै मिडियम भेरिएन्टको एक्सजेड प्लसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ र सबैभन्दा महंगो भेरिएन्ट एक्सजेड प्लस लक्जरीको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

टाटाको जिपट्रोन प्लेटफर्ममा बनेको ३०.२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री जडान भएको नेक्सन–ईभीमा ९५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ भने एक पटकको फुल चार्जमा तीन सय किलोमिटर हाराहारी यात्रा गर्न सकिने कम्पनीको दाबी छ । सिग्नेचर टिल ब्लु, ग्लेसियर ह्वाइट र मुनलिट सिल्भर गरी तीन कलरमा तीनवटै भेरिएन्टमा उपलब्ध नेक्सन–ईभी अत्याधुनिक जिपट्रोन प्रविधिमा आधारित भई आकर्षक र सुरक्षित फिचरहरुमा निर्माण गरिएको कम्पनीको भनाई छ ।

सन् २०२० को जनवरीबाट भारतमा विक्री वितरण सुरु भएको नेक्सन ईभीले छोटो अवधिमा नै भारतीय इलेक्ट्रिक गाडीको बजारको ६५ प्रतिशत हिस्सा ओगटेको छ । भारतमा करिब चार हजार पाँच सयभन्दा धेरै परिवारहरुले रुचाएको यस गाडीले हालसम्म १८ वटा पुरस्कार जितिसकेको छ । त्यसैले नेक्सन ईभी सबैभन्दा बढी पुरस्कारहरुबाट सम्मानित भई अत्यधिक लोकप्रियता हासिल गर्न सफल ईभी पनि हो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया