Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअन्नपूर्ण केबलकारका यात्रुलाई जोशी क्याफेको नयाँ वर्ष अफर

अन्नपूर्ण केबलकारका यात्रुलाई जोशी क्याफेको नयाँ वर्ष अफर


काठमाडौं । पोखरा सराङ्कोटस्थित अन्नपूर्ण केबलकारको माथिल्लो स्टेसनमा सञ्चालनमा रहेको जोशी क्याफेले नयाँ वर्ष २०७९ सालको अवसरमा विभिन्न अफरहरु ल्याएको छ ।

यस्तै कम्पनीले मंगलबार, बुधबार र बिहीबार अन्नपूर्ण केबलकारमा यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरी विभिन्न सेवा सुविधा तथा मनोरञ्जनात्मक क्रियाकलाप आयोजना गर्न लागेको जनाएको छ । जसअन्तर्गत लाइभ सांस्कृतिक कार्यक्रममा प्रज्ज्वल समूहको प्रस्तुति रहनेछ ।

काठमाडौंमा रहेको जोशी क्याफेको दुईवटा आउटलेटमार्फत प्रवाह गरिरहेको सेवा सुविधाबाट उपभोक्ताहरुमाझ उत्कृष्ठ छाप पार्न सफल भएको छ । यस क्याफेले आफ्नो सेवा विस्तार गर्ने क्रममा उपत्यकाबाहिर पहिलो शाखा पोखरामा सेवा सुरु गरेको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया