Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहिमाल सरसफाइ अभियानमा कोका–कोलाको साथ

हिमाल सरसफाइ अभियानमा कोका–कोलाको साथ


काठमाडौं । नेपाली सेना र रोटरी क्लब अफ नागार्जुनको संयुक्त नेतृत्वमा ‘हिमाल बचाउने प्रयास : हाम्रो हिमाल, हाम्रो जिम्मेवारी’ नारासहित आयोजना भइरहेको हिमाल सरसफाइ अभियानमा कोका–कोला फाउन्डेसनले सहकार्य गर्ने भएको छ । अन्य थुप्रै सरोकारवाला निकायहरुको पनि सहभागिता रहेको यस अभियानमा दि कोका–कोला फाऊन्डेसन प्रमुख कर्पोरेट साझेदार हो । यो अभियान थालनी भएको तेस्रो वर्ष भएको छ ।

कम्पनीका अनुसार यो अभियान अहिलेसम्मको विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाइ अभियान हो । पर्वतारोहीहरुले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदूषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने यो अभियानको उद्देश्य हो । सगरमाथा, ल्होत्से, मनास्लु हिमाल र कञ्चनजंघा गरी आठ हजार मिटरभन्दा अग्ला हिमालहरु सरसफाइ गर्ने यो कार्यक्रममा कोका–कोलासहित थुप्रै सरोकारवाला निकायहरु पनि सहभागी छन् ।

चैत २२ देखि जेठ ५ सम्म सञ्चालन हुने यो अभियानमा करिब ३५ हजार किलो फोहोर संकलन हुने अनुमान गरिएको छ । संकलन भएका सबै फोहोरहरु उचित व्यवस्थापनको लागि रि–साइक्लिङ पार्ट्नरहरुलाई हस्तान्तरण गरिनेछ । प्रतिकूल मौसम र हाई अल्टिच्युडमा कठिन काम गर्नुपर्ने हुनाले यो अभियानमा संलग्न हुने टोलीलाई विगत केही महिनादेखि विशेष तालिम प्रदान गरिएको छ । कोका–कोलाले यो अभियानमा संलग्न सदस्यहरुलाई हाइड्रेसन र रिफ्रेसमेन्टको लागि पेयपदार्थहरु पनि उपलब्ध गराएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया