Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोनाको बेला निकै कम भारतीयको तलब बढ्यो

कोरोनाको बेला निकै कम भारतीयको तलब बढ्यो


नयाँ दिल्ली, भदौ ९
कोरोना संकटले पिरोलिरहेका बेला गत वर्षको तुलनामा निकै कम भारतीयको तलब बढेको पाइएको छ । सन् २०१९ मा औसत वृद्धि करिब ८ दशमलव ६ प्रतिशत रहेकोमा यो वर्ष घटेर ३ दशमलव ६ प्रतिशतले मात्रै बढेको पाइएको हो । यो वर्ष ४० प्रतिशत कम्पनीले मात्रै तलब बढाएका छन् ।

भारतमा गरिएको एक सर्वेले यस्तो देखाएको हो । सर्वेमा ४० प्रतिशत कम्पनीले कर्मचारीलाई बढेको तलब दिएको पाइएको छ । ३३ प्रतिशत कम्पनीले भने यो वर्ष कुनै पनि हालतमा तलब नबढाउने बताएका छन् । बाँकी कम्पनी भने कोरोना महामारीपछिको परिस्थिति सुध्रिने अपेक्षामा रहेकाले अनिर्णित रहेको पाइएको छ ।

तलब बढाएका कम्पनीहरूले औसत ७ दशमलव ५ प्रतिशतमा बढाएका छन् । यिनमा केवल १० प्रतिशत यस्ता कम्पनी छन्, तिनले दोहोरो अंकको आम्दानी गरेका थिए । सर्वेमा जुन कम्पनीले लकडाउनपहिले तलब बढाउने प्रक्रिया पूरा गरेका थिए, उनीहरूको राम्रो आम्दानी वृद्धि पनि देखिएको छ । लकडाउन घोषणापछि जहाँ वृद्धि भएको थियो, त्यहाँको भने कम रहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया