Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकेएफसीमा टेक वेमा पनि सर्भिस चार्ज

केएफसीमा टेक वेमा पनि सर्भिस चार्ज


काठमाडौं, असार २८
अन्तर्राष्ट्रिय ब्राण्डको केएफसी रेष्टुराँमा भित्रै नछिरी बाहिरबाट त्यहाँको परिकार किनेर लैजाँदा पनि ग्राहकले दश प्रतिशत सर्भिस चार्ज तिरिरहनुुपरेको छ । कोरोना महामारीका कारण जारी लकडाउन केही खुकुलो भएपछि सरकारले असार १ गतेदेखि रेष्टुरेन्टहरुलाई खोल्न दिएर टेक वे (प्याकिङ लैजाने) सुविधा दिएको थियो । त्यसपछि काठमाडौं उपत्यकाका रेष्टुरेन्टहरु आशिंकरुपमा खुुलेका छन् तर रेष्टुरेन्टमा बसेर खाने सेवा सुविधा दिइएको छैन ।

ग्राहकले आफूलाई चाहिएको परिकार सामाजिक दूरी कायम गरी बाहिरैबाट अर्डर गर्ने र बिल तिर्ने गर्नुुपर्दछ र अर्डरअनुसारको परिकारको प्याकिङ लिएर जानुुपर्ने हुन्छ । यस्तो अवस्थामा ग्राहकलाई रेष्टुरेन्टले कुुनै सेवा गर्नुुपर्ने हुुँदैन । त्यही कारण दरबारमार्गमा रहेको ओपीएम रेष्टुरेन्टले ग्राहकसँग १० प्रतिशत सेवाशुल्क नलिने सूचना नै जारी गरेको छ । तर होटल अन्नपूर्णसँगै रहेको अन्नपूर्ण आर्केडमा रहेको केएफसीले चाहिँ लाजहीन पचाएर ग्राहकसँग दश प्रतिशत सर्भिस चार्ज उठाइरहेको छ । भारतीय नागरिक रविकान्त जयपुरियाले चलाएको दरबारमार्ग लगायत महाराजगञ्ज, ललितपुर, बौद्धलगायतका क्षेत्रमा पनि शाखा रहेको केएफसीमा दैनिक २० लाखजतिको व्यापार हुुने गर्छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया