Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनिबन्धकार कार्कीको ‘सन्दिग्ध शताब्दी’ लोकार्पण

निबन्धकार कार्कीको ‘सन्दिग्ध शताब्दी’ लोकार्पण


काठमाडौं । नेपालको पुरानो प्रकाशन गृह साझा प्रकाशनले आफ्नो स्थापना दिवसको अवसर पारेर दुईवटा पुस्तक लोकार्पन गरेको छ । साझाले बुधबार एक कार्यक्रमको आयोजना गरी प्रसिद्ध नियात्राकार डा. दामोदर पुडासैनी ‘किशोर’को नियात्रा संग्रह ‘डोल्पो ओ डोल्पो’ र कवि तथा निबन्धकार श्रीबाबु कार्कीको आत्मपरक निबन्धहरूको संग्रह ‘सन्दिग्ध शताब्दी’ लोकार्पण गरेको हो । कार्यक्रममा श्रीबाबु कार्कीकृत आत्मपरक निबन्धसंग्रह ‘सन्दिग्ध शताब्दी’माथि समालोचक तथा कवि प्रमोद प्रधानले नेपाली आत्मपरक निबन्ध लेख्ने निबन्धकारहरू निक्कै कम रहेको उल्लेख गर्दै श्रीबाबुको निबन्ध जीवन र जगतलाई नजीकबाट हेर्न सकिने शक्तिशाली संग्रह रहेको बताए । भाषामा काव्यिकतत्वले भरिएका यी निबन्ध खण्डिकृत गरिदिएर कविताको फममा राखिदिने हो भने कुनै शक्तिशाली र कालजयी कविताभन्दा कम नरहेको उनको भनाइ थियो । उनका अनुसार निबन्धका हरेक हरफहरूमा कलात्मक भाषा शैली, पठनमा लयात्मकता, सघन सूक्तिमयता र जीवन दर्शनको गहिराइमा पुगेको अनुभूति पाठले गर्न सक्नेछन् । संग्रहका हरेक निबन्धहरू कालजयी र निबन्धका पाठकहरूलाई विशिष्ट अनि बौद्धिक आस्वाद गराउनेमा आफू ढुक्क रहेको समेत उनले दाबी गरे ।

यस्तै कार्यक्रममा डा. दामोदर पुडासैनीको ’डोल्पो ओ डोल्पो’मा समालोचकीय मन्तव्य राख्दै प्राडा रमेश भट्टराईले दामोदर पुडासैनीको लेखन निकै स्तरीय र कलात्मक रहेको बताए । पुडासैनीको पुस्तकाकार रूपमा निक्कै मोटो भए पनि आफूलाई हरेक पृष्ठहरूले आकर्षित गरेको उनको भनाइ थियो । ‘यो कृतिले नेपाली जनजीवनको सौन्दर्य मात्रै खिचेको छैन । सामाजिक लय, संस्कृति र हाम्रो सामाजिक आदर्शलाई पनि उजागर गरेको छ’, उनले भने ।

साझा प्रकाशनद्वारा आयोजित उक्त कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’का लागि कोशकार प्राध्यापक नीलमणि ढुंगानालाई–२०७८ सालको साझा पुरस्कार ५१ हजार राशि र प्रमाणपत्रका साथ दुवै पुस्तकहरू लोकार्पण गरेका थिए । कार्यक्रम साझा प्रकाशका अध्यक्ष तथा वरिष्ठ साहित्यकार विजय सुब्बाको सभापतित्वमा सम्पन्न भएको थियोे । भने साझाका महाप्रबन्धक तथा वरिष्ठ कवि प्रल्हाद पोखरेलले कवितात्मकरूपमा अतिथिहरूलाई स्वागत गरेका थिए ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x