दोलखा ।
कोरोना भाइरसको कारण लामो समय सुनसान बनेका जिल्लाको पर्यटकीय तथा धार्मिक स्थल कालिञ्चोकमा पर्यटकको चहलपहल बढ्न थालेको छ । कोरोनाका कारण करिब आठ महिनादेखि कालिञ्चोक लगाइएको निषेधाज्ञा हटेसँगै मन्दिरमा दर्शन गर्ने र केबलकार चढ्ने पर्यटकको चहलपहल बढेको हो । जाडो मौसममा कालिञ्चोकमा हिउँ पर्ने हुँदा हिउँ खेल्नको लागि यहाँ देशका विभिन्न भागबाट मानिसहरु आउने गरेका छन् ।
कालिञ्चोक कुरिबजारमा होटल व्यवसाय गर्दै आएका स्थानीय नवराज तामाङका अनुसार अहिले दैनिक ५० देखि ६० जनाको हाराहारीमा मानिसहरु मन्दिर दर्शन गर्नको लागि आउने गरेका छन् । कालिञ्चोक मन्दिर दर्शनार्थीका लागी अघिल्लो सातादेखि खुल्ला गरिएको थियो । मन्दिर र केबलकार खुलेपछि कालिञ्चोक आउने पर्यटकको संख्या दिनानुदिन थपिँदै गएको होटल व्यवसायी तामाङको भनाइ छ । पर्यटकीय गन्तव्यको रूपमा परिचित कालिञ्चोक खुल्दा होटल व्यवसायी पनि उत्साहित देखिएका छन् । जिल्लाको माथिल्लो क्षेत्र कालिञ्चोक, शैलुङ, जिरीलगायतका पर्यटकीय क्षेत्रमा ओहोरदोहोर बढ्दा सदरमुकाम चरीकोटमा समेत चहलपहल बढ्ने गरेको छ ।
कालिञ्चोक र भिमेश्वर मन्दिर दर्शन गर्नको लागि शुक्रबार र शनिबार धेरै पर्यटक पुग्ने गरेका छन् । जिल्लामा अहिले काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, काठमाडौं लगायतका जिल्लाका मानिसहरु मन्दिर दर्शन गर्न तथा घुम्न आउने गरेका छन् । कोरोनाका कारण ठूलो लगानी गरेर खोलेका होटल तथा रेस्टुरेन्ट खाली हुँदा आर्थिक संकट झेल्दै आएका होटल व्यवसायीहरुको पनि आम्दानीको स्रोत खुलेको होटल व्यवसायी किशोर तामाङले बताए । चैतदेखि आम्दानीको मुख्यस्रोत बन्द हुँदा बैंक तथा सहकारीको किस्ता, हर्जना तिर्न समस्या भएको व्यवसायीहरुले बताउँदै आएका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री
- चट्याङ लागेर एक बालकको मृत्युु
- शनिबार एकीकृत समाजवादीको स्थायी समिति बैठक हुने
- रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल
- भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी: मुख्यमन्त्री कँडेल
- विश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह
- चीनमा साढे २९ करोड आन्तरिक पर्यटकले तय गरे यात्रा
- मोरु डिजिटल वालेट फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया