आईएमई जनरल इन्स्योरेन्सको सेयर दाखिला बन्द हुने
काठमाडौं ।
आईएमई जनरल इन्स्योरेन्स कम्पनीको सेयर दाखिला बन्द हुुने भएको छ । कम्पनीको यही वैशाख १२ गते हुुने २३औँ वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि यही वैशाख दुई गतेदेखि वैशाख १२ गतेसम्म्मको लागि सेयर दाखिला तथा खारेजी बन्द हुने भएको हो ।
कम्पनीले उक्त वार्षिक साधारणसभामार्फत हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब आठ करोड १८ लाख ३६ हजार रुपैयाँमध्येबाट सात प्रतिशतको दरमा बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसका अतिरिक्त उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ३९ लाख ८६ हजार आठ सय ४२ रुपैयाँ ११ पैसाबराबरको नगद लाभांश वितरण गर्ने समेतको प्रस्तापरित गर्ने तयारी कम्पनीले गरेको छ ।
यसबाहेक हाल कम्पनीको संस्थापक सेयरधनी समूहको ६० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेकोमा उक्त अनुपातमा ५१ र ४९ प्रतिशतमा झार्ने प्रस्ताव पारित गर्ने तयारी पनि कम्पनीले गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १५ करोड दुई लाख ६६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा छ करोड ६५ लाख ८८ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब आठ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ७८ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ६६ रुपैयाँ ९४ पैसा रहेको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री
- चट्याङ लागेर एक बालकको मृत्युु
- शनिबार एकीकृत समाजवादीको स्थायी समिति बैठक हुने
- रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल
- भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी: मुख्यमन्त्री कँडेल
- विश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह
- चीनमा साढे २९ करोड आन्तरिक पर्यटकले तय गरे यात्रा
- मोरु डिजिटल वालेट फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया