शाइन रेसुङ्गा र नेपाल राष्ट्र बैंकबीच सम्झौता
काठमाडौं, माघ १५
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र नेपाल राष्ट्र बैंकबीच सम्झौता भएको छ । शाइनले राष्ट्र बैंकसमक्ष रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयन गर्ने विषयमा सम्झौता गरेको हो । सम्झौतामा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल र शाइनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्यालले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् बैंकका ग्राहकले रकमान्तर गर्न चेक काटेर रकम जम्मा गर्नु पर्दैन ।
यो प्रणालीले गर्दा चेक क्लियरेन्स हुन एक दिन पर्खिनु पर्ने झन्झटबाट सेवाग्राही मुक्त हुनेछन् । यो प्रणालीअनुसार ग्राहकले सम्बन्धित बैंकमा गई एउटा फारम भरेपछि तत्कालै खातामा रकम जम्मा हुनेछ । बैंकका अनुसार सम्झौतापश्चात बैैंकका ७० वटा शाखा कार्यालयका चार लाख ग्राहक लाभान्वित हुनेछन् । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरूले पुसदेखि लागू गरेको यो प्रणाली प्रदेश ५ का विकास बैंकमध्ये शाइन रेसुङ्गाले पहिलो पटक लागू गरेको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- विश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह
- चीनमा साढे २९ करोड आन्तरिक पर्यटकले तय गरे यात्रा
- मोरु डिजिटल वालेट फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश
- पठाओ फुड फेस्टमा दुई लाख ६० हजार बढी अर्डर डेलिभरी
- ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
- आवश्यकताका आधारमा फरक–फरक बीमालेख ल्याउन बीमा कम्पनीलाई निर्देशन
- डीएसपी सत्य नारायण थापालाई खुला पत्र !
- लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीको तयारी पूरा
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया