टेलिकमको भ्वाइस प्याक लिनुस्, दिल खोलेर कुरा गर्नुस्’
काठमाडौं, चैत ११
आफ्ना प्रियजनसँग मोबाइलमा दिल खोलेर कुरा गर्न मन छ, तर ब्यालेन्स सकिएर दिक्दार बन्नुभएको छ ? हालको विषम परिस्थितिमा त झन् धेरै कुरा गर्न मन लाग्छ होला । यो अवस्थामा नेपाल टेलिकमले उपलब्ध गराइरहेका अनलिमिटेड डे भ्वाइस प्याक र अनलिमिटेड नाइट भ्वाइस प्याक अफरहरु प्रयोग गर्न सकिन्छ । यी प्याक प्रयोग गर्दा पैसा सकिने चिन्ता नलिई जति पनि कुरा गर्न सकिन्छ ।
अनलिमिटेड डे भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म जतिपनि कल गर्न सकिन्छ । यो भ्वाइस प्याक खरिद गर्नका लागि सिधै स्टार१४१५स्टार९स्टार२ह्याक्स डायल गर्नु पर्ने टेलिकमले जनाएको छ । साथै यो प्याक लिनका लागि डिभियूएनएल लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ । यो प्याक एक पटक लिएपछि २४ घण्टाभित्र उपयोग गरिसक्नुपर्छ । अनलिमिटेड नाइट भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म असिमित कुराकानी गर्न सकिन्छ । रातभरी कुराकानी गर्नुपर्ने ग्राहकका लागि यो प्याक निकै उपयोगी छ ।
यो प्याक लिनका लागि स्टार१४१५ स्टार १स्टार ५स्टार ४ह्याक्स डायल गर्नु पर्दछ । त्यसैगरी एनभियूएनएल लेखेर १४१५ मा एसएमएस पठाएर पनि यो प्याक लिन सकिने टेलिकमले जनाएको छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि स्टार१४१५ह्याक्समा डायल गरेर आफूलाई उपयुक्त हुने प्याकेज खरिद गर्न सकिने टेलिकमले जनाएको छ । साथै कम्पनीको सेवा सुविधाहरु टेलिकमको वेबसाइट र कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि खरिद गरी प्रयोग गर्न सकिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मोरङ उद्योग व्यापार संघमा सबै सदस्य निर्विरोध
- जीवन बीमा कम्पनीहरूले संकलन गरे एक खर्ब १० अर्ब बीमाशुल्क
- पाँच महिनासम्म शून्य वैदेशिक अनुदान
- मन्त्री यादव न्युयोर्कमा
- जिपी कोईराला फाउन्डेशन अमेरीकाका अध्यक्ष घिमीरे बने पहिलो नेपाली अमेरिकन सम्मानित
- डीएसपी सत्य नारायण थापालाई खुला पत्र !
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया