उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले वरिष्ठ उपाध्यक्षमा श्रेष्ठलाई समर्थन गर्ने
पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठलाई समर्थन गर्ने भएको छ । शनिबार पोखरामा बसेको प्रदेश समितिको बैठकले वरिष्ठ उपाध्यक्ष उम्मेदवार श्रेष्ठसहित प्रदेशबाट कार्यसमितिमा उम्मेदवारी दिने सम्पूर्ण उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
बैठकले पोखरा उद्योग वाणिज्य संघको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई प्रदेशबाट सर्वसम्मत रुपमा जिताउने निर्णय गरेको हो । बैठकमा गण्डकी प्रदेश समितिका सम्पूर्ण सदस्यहरु, पोखरा उद्योग वाणिज्य संघका साथै लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही जिल्ला नगरका अध्यक्षहरुको सहभागिता थियो ।
सर्वसम्मत उम्मेदवार घोषणा भएपछि श्रेष्ठले उद्योगीहरुको समस्या र चुनौतीलाई समाधान गर्न आफू लागिपर्ने बताए । उनले उद्योगी व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न आफ्नो पहल रहने बताए । यही चैत २८ र २९ गते आयोजना हुने नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५७औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्दै छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, गण्डकी प्रदेश
ट्याग : #page 3
ताजा अपडेट
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री
- चट्याङ लागेर एक बालकको मृत्युु
- शनिबार एकीकृत समाजवादीको स्थायी समिति बैठक हुने
- रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल
- भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी: मुख्यमन्त्री कँडेल
- विश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह
- चीनमा साढे २९ करोड आन्तरिक पर्यटकले तय गरे यात्रा
- मोरु डिजिटल वालेट फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया