Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालउद्योग वाणिज्य महासंघ प्रदेश एकद्वारा व्यापार सहजीकरण प्रशिक्षण

उद्योग वाणिज्य महासंघ प्रदेश एकद्वारा व्यापार सहजीकरण प्रशिक्षण


विराटनगर । उद्योग वाणिज्य महासंघ प्रदेश एकद्वारा व्यापार सहजीकरण प्रशिक्षण तालिम प्रदान गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को साझेदारीमो विश्व व्यापार संगठन व्यापार सहजीकरण प्रशिक्षण तालिम प्रदान गरिएको हो । दुई दिनसम्म चलेको उक्त तालिम सोमबार सम्पन्न भएको हो ।

प्रमुख अतिथि वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रशिक्षणको उद्घाटन गर्दै व्यापार सहजीकरणको प्रशिक्षणले व्यापार व्यवसायमा रहेका समस्याहरूको पहिचान र तिनीहरूको समाधानले आर्थिक समृद्धिमा सहयोग पुग्ने बताए । उनले अहिले विश्व नै आर्थिक संकटमा परेको अवस्थामा नेपालले पनि त्यसको असर भोगिरहेको भन्दै व्यवसायीहरूका समस्यामाथि आफू गम्भीर भएको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले नयाँ बजेटबाट फलाम, सेनेटारी प्याड उत्पादन गर्ने उद्योगहरू मारमा परेको हुँदा अर्बौँको लगानी रहेका यस्ता उद्योगको संरक्षणका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई आग्रह गरेका थिए । उनले विशेष आर्थिक क्षेत्र स्थापनाका लागि सुनसरीको अमडुवामा गर्ने भनेर हरेक वर्ष बजेटमा उल्लेख हुन्छ तर कार्यान्वयन हुन सकिरहेको छैन भन्दै छिटोकार्य सम्पन्न गर्न प्रदेश सरकारमार्फत यसको निर्माण गर्नुपर्ने कुरामा जोड दिएका थिए । त्यसैगरी प्रदेश नं. १ को विराटनगरमा प्रदर्शनीस्थल निर्माणका लागि पटक–पटक माग गरे पनि बजेटले सम्बोधन नगरेकोमा उपाध्यक्ष राउतले दुःख प्रकट गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष टीकाराज ढकालको सभापतित्वमा भएको सो उद्घाटन समारोहमा अध्यक्ष ढकालले सहभागी व्यापार सहजीकरणमा हुने प्रशासनिक बाधाहरूप्रति लक्षित भई व्यापारमा अझ धेरै दक्षता ल्याउने र सिमानामा अनावश्यक अनुमगन, धेरै कागजाती र डेटा प्रक्रिया, म्यानुअल प्रक्रिया, सीमा निकायहरूबीच समन्वयको अभाव, जटिल र अप्रभावकारी नियम आदिका विषयमा प्रशिक्षण दिइने भएकोले प्रशिक्षण कार्यक्रम उपलब्धिमूलक रहने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायण रेग्मी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहरा, व्यवसायी एवं उद्योगी राजेश अग्रवाल र मीम हमालले व्यापार व्यवसायहरूको लागि, व्यापार सहजीकरण सम्झौताले अन्तर्राष्ट्रिय व्यापार गर्नमा सहयोग पुग्ने विश्वासा व्यक्त गरे । साथै उनीहरूले कम खर्चमा दु्रत गतिमा अन्तर्राष्ट्रिय मूल्य श्रृंखलामा पहुँच सुनिश्चित गर्न सजिलो हुने हुँदा साना तथा मझौला उद्योगहरूले यो तालिमबाट विशेष लाभ उठाउन सक्ने वातावरण बन्ने विश्वास पनि व्यक्त गरेका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया