Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचालू आर्थिक वर्षको ६ महिनामै खजुरामा ५६ लाखभन्दा बढी राजस्व संकलन

चालू आर्थिक वर्षको ६ महिनामै खजुरामा ५६ लाखभन्दा बढी राजस्व संकलन


बाँके ।
बाँकेको खजुरा गाउँपालिकाले चालू आर्थिक वर्षको ६ महिनामै खजुरामा ५६ लाख बढी राजस्व संकलन गरेको छ । पालिकाका अनुसार मंसिर मसान्तसम्म ५६ लाख ५५ हजार नौ सय ५६ रूपैयाँ राजस्व संकलन भएको छ । मगलबार भएको गाउँपालिकाकोे ८औँ गाउँसभामा चालू आर्थिक वर्षको राजस्व संकलनको अवस्था सुधार रहेको जानकारी गराइएको हो ।

सभाले पालिकाकी उपाध्यक्ष एकमाया विकले प्रस्तुत गरेको चालू आर्थिक वर्षमा राजस्व संकलनका लागि नयाँ स्रोत पहिचान र विवरण अद्यावधिक गर्ने कार्यसूची पारित गरेको छ । गाउँसभामा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले आर्थिक वर्ष २०७७/७८ को हालसम्मको खर्च र प्रगति प्रतिवेदन प्रस्तुत गर्दै मंसिर मसान्तसम्म गाउँपालिकातर्फको चालू खर्च ३१ प्रतिशत र पुँजीगत ११ दशमलव ३२ प्रतिशत रहेको समेत जानकारी दिएका छन् ।

त्यस्तै संघीय सरकारबाट हस्तान्तरित चालू कार्यक्रमको खर्च ३१ प्रतिशत र पुँजीगत खर्च शून्य रहेको, प्रदेश सकरकाबाट हस्तान्तरित चालू कार्यक्रम खर्च २ प्रतिशत र पुँजीगत कार्यक्रम खर्च ३९ दशमलव २६ प्रतिशत रहेको प्रमुख कक्षपतिले बताए । उनले सबै वडामा सञ्चालित विभिन्न योजनाहरूको ठेक्का सम्झौत र उपभोक्ता समितिमार्फ हुने काम पनि सञ्चालनमा रहेको जानकारी दिए । ठेक्काका १८ योजना र उपभोक्ता समितिले ५८ योजनामा काम गरिरहेको उनको भनाइ थियो । अध्यक्ष कक्षपतिले चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटको कार्यान्वयनमा गाउँपालिकाका बासिन्दाबाट साथ सहयोग रहेको भन्दै आभार प्रकट गरे ।

साथै गाउँसभाले खजुरालाई प्लास्टिकमुक्त गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । खजुरा गाउँपालिका प्रमुख कक्षपतिको अध्यक्षतामा भएको गाउँसभामा सदस्य निसार अलि दर्जीले खजुरालाई प्लास्टिकमुक्त पालिका बनाउन गरेको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । सभाले चालू आर्थिक वर्षमा केही योजनाहरू संसोधन र परिमार्जनसहित पारित गरेको छ । सभामा वडाध्यक्ष तिलकवीर सुनार, देविलाल खनाल, कार्यपालिका सदस्य निसार अलि दर्जी, झुमा योगी, सदस्यहरू देउमाया थापा, जगबहादुर कामी, हजुरा बम, टोपबहादुर ओली, कमाल खाँलगायतको सहभागिता रहेको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया