सातै प्रदेशमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२१’ आयोजना हुने
काठमाडौं ।
कोभिड १९ ले थलिएका विभिन्न क्षेत्रहरूमा पुनः गतिविधिहरू सञ्चालन हुन थालेसँगै लिभिङ विथ आईसीटीले पनि सातै प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२१ को आयोजना गर्ने भएको छ । वैशाख पहिलो सातादेखि सुरु हुने आइडिया फेस्टमा स्थानीय स्टार्टअप र इन्नोभेटिभ आइडिया भएका व्यक्तिहरूले प्रतिस्पर्धामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।
आईसीटी अवार्ड २०२१ को प्रि इभेन्ट क्याम्पियनको रूपमा आयोजना हुन लागिरहेको स्टार्टअप एण्ड आइडिया फेस्ट २०२१ सातै प्रदेशका प्रमुख सहरहरूमा आयोजना हुनेछन् । वैशाख पहिलो साता प्रदेश नं. १ को विराटनगरबाट सुरू हुने कार्यक्रम जेठ दोस्रो साता सुदूरपश्चिम प्रदेशको धनगढीमा गएर समापन हुनेछ । यसैगरी प्रदेश २ मा वीरगञ्ज, वाग्मती प्रदेशमा हेटौँडा, गण्डकी प्रदेशमा पोखरा, लुम्बिनी प्रदेशमा बुटवल र कर्णाली प्रदेशमा सुर्खेतमा कार्यक्रम आयोजना हुने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । फेस्टमा प्रविधि क्षेत्रमा काम गरिरहेका स्थानीय स्टार्टअप र विद्यार्थीका इन्नोभेटिभ प्रोजेक्टहरूले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।
चैत १ गतेदेखि खुला गरिएको रजिस्ट्रेसन चैत २५ गतेसम्म जारी रहने इभेन्ट अफिसर मुस्कान प्रसाईंले बताइन् । नेपाली स्टार्टअप डटकम वेबसाइटमा गएर स्टार्टअप वा आइडिया रजिस्टर गर्न सकिने प्रसाईंले जानकारी दिएकी छिन् । स्टार्टअप एण्ड आइडिया फेस्ट २०२१ मा उत्कृष्ट स्टार्टअपहरूका प्रडक्टहरू प्रदर्शनी गरिनेछ । यस कार्यक्रममा स्कुल तथा कलेजका विद्यार्थीले समेत इन्नोभेटिभ प्रोजेक्टहरू प्रदर्शन गर्र्न सक्नेछन् । फेस्टमा स्टार्टअपहरूका लागि मेन्टरिङ तथा बिजनेश ग्रोथको सेसनहरू र केही स्थानमा ह्याकाथुन पनि सञ्चालन हुने आयोजकले बताएको छ । ह्याकाथुन कार्यक्रम कोड फर चेन्जसँग सहकार्यमा हुनेछ । यसैगरी राष्ट्रिय वाणिज्य बैंक, ब्रेनडिजिट र टेक्नोरियोले फेस्टको आयोजनामा सहकार्य गरेका छन् ।
हरेक प्रदेशबाट उत्कृष्ट एक स्टार्टअपलाई १० लाख रुपैयाँसम्मको सहुलियतपूर्ण ऋण सुविधा प्रदान गरिनेछ भने उत्कृष्ट आइडियालाई तीन लाखसम्मको ‘सिड फण्डिङ’ गरिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । देशैभर स्र्टाटअप, इन्नोभेसन र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उद्देश्यले फेस्ट आयोजना गरिएको लम्सालले जानकारी दिए । सातै प्रदेशका उत्कृष्ट स्टार्टअप र आइडियालाई आईसीटी अवार्ड २०२१ को ग्राण्ड फिनालेमा सम्मान समेत गरिनेछ । आईसीटी स्टार्टअप एण्ड आइडिया फेस्ट २०२१ मा हरेक प्रदेशको कार्यक्रममा पाँच हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चट्याङ लागेर एक बालकको मृत्युु
- शनिबार एकीकृत समाजवादीको स्थायी समिति बैठक हुने
- रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल
- भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी: मुख्यमन्त्री कँडेल
- विश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह
- चीनमा साढे २९ करोड आन्तरिक पर्यटकले तय गरे यात्रा
- मोरु डिजिटल वालेट फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश
- पठाओ फुड फेस्टमा दुई लाख ६० हजार बढी अर्डर डेलिभरी
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया