सहज च्यालेन्ज फन्डका लागि आवेदन खुल्ला
काठमाडौं । सहज भनेर पनि चिनेने नेपाल कृषि बजार विकास कार्यक्रम (एनएएमडीपी) र आइडिया स्टुडियो नेपालको सहकार्यमा ‘सहज च्यालेन्ज फन्ड–दोस्रो चरण’का लागि आवेदन खुल्ला गरिएको छ । विराटनगरमा पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमको घोषणा गरिएको हो ।
दुग्धजन्य उत्पादनमा नवीनतम सोच भएका स्टार्टअप, साना तथा मझौला उद्यमी र स्थापित संस्थाहरुले यसमा आवेदन दिन सक्नेछन् । आवेदकहरुले प्रदेश नम्बर १ मा दुग्धजन्य उद्योग क्षेत्रमा पहिचान भएका दुग्धजन्य उत्पादन विविधीकरणसँग सम्बन्धित चुनौतीहरुलाई सम्बोधन गर्ने समाधान प्रस्तुत गर्नुपर्नेछ ।
आवेदन साउन ६ गतेसम्म दिन सकिने आयोजकले जानकारी दिएको छ । आवेदकहरुको नवीनतम सोच दुग्धजन्य उत्पादन सम्बद्ध नवप्रवर्तनात्मक, समाधानमुखी र व्यावसायिक सम्भाव्यता भएको हुनुपर्नेछ । सहज च्यालेन्ज फन्डको दोस्रो चरणको कुल बजेट दुई करोड नेपाली रुपैयाँको हुनेछ । यस फन्डअन्तर्गत निजी व्यवसाय तथा उद्यमीहरुले न्यूनतम पाँच लाखदेखि ५० लाख नेपाली रुपैयाँसम्म प्राप्त गर्नेछन् । यसरी छनौट गरिएका आवेदकले नगद राशीसँगै व्यवसाय अगाडि बढाउन एक वर्षसम्मका लागि विभिन्न किसिमका प्राविधिक सहयोग पनि पाउन सक्नेछन् ।
उक्त पत्रकार सम्मेलनमा विभिन्न संघ, सरकारी निकाय, प्राज्ञिक, मिडियाकर्मी तथा उद्यमीहरुको उपस्थिति थियो । कार्यक्रममा सहज च्यालेन्ज फन्डको जिङ्गल, पोस्टर तथा वेबसाइट समेत सार्वजनिक गरिएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मोरु डिजिटल वालेट फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश
- पठाओ फुड फेस्टमा दुई लाख ६० हजार बढी अर्डर डेलिभरी
- ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
- आवश्यकताका आधारमा फरक–फरक बीमालेख ल्याउन बीमा कम्पनीलाई निर्देशन
- डीएसपी सत्य नारायण थापालाई खुला पत्र !
- लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीको तयारी पूरा
- विदेशीका लागि नयाँ पदयात्रा गन्तव्य
- सरकारको काम गठन र विघटन मात्रै
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया