दराजले डेलिभरीका लागि विद्युतीय स्कुटर प्रयोग गर्ने
काठमाडौं । अनलाइन बजार दराजले डेलिभरीको लागि विद्युतीय बाइक प्रयोग गर्ने भएको छ । कम्पनीले हालै १० वटा ओकिनावा डुअल इलेक्ट्रिक बाइक खरिद गरेको जनाएको छ ।
उक्त बाइक काठमाडौं उपत्यकामा डेलिभरी गर्न प्रयोग गरिने छ । दराजको थसिखेल हबमा शुक्रबार आयोजित कार्यक्रममा दराज नेपालकी प्रबन्धनिर्देशक आँचल कुँवरले कम्पनीका गोपीकृष्ण, सोल्टीमोड र थसिखेल हबका डेलिभरी हिरोहरुलाई विद्युतीय बाइकको साँचो हस्तान्तरण गरेकी छिन् । विशेष गरी धुम्वाराही, चाबहिल, कपन, कुलेश्वर, कालीमाटी, न्युरोड, नागार्जुन, पुलचोक, सानेपा, जावलाखेललगायतका केही क्षेत्रका ग्राहकलाई सामान पु-याउन विद्युतीय बाइकको प्रयोग गरिने छ । यस नयाँ पहलमार्फत, दराजले आयातित इन्धनको खपतलाई स्वदेशमै उत्पादन हुने ‘क्लिन एण्ड ग्रिन’ बिजुलीले प्रतिस्थापन गर्ने र वातावरणमा कार्बन फुटप्रिन्ट कम गर्ने अपेक्षा गरेको छ ।
साथै, कम्पनीले दुई र चारपांग्रे दुवै खण्डमा आफ्नो फ्लीटमा विद्युतीय सवारीसाधनको संख्यालाई थप विस्तार गर्ने योजना रहेको पनि बताएको छ । दराजकी प्रबन्धनिर्देशक आँचल कुँवरले प्याकेजिङमा पनि लगभग ८० प्रतिशतको लागि पुनः प्रयोग गरिएको कागज प्रयोग गर्ने गरेको र पूर्ण रूपमा कागजविहीन जाने प्रयासमा रहेको बताइन् । यस्तै उनले थसिखेल हबमा रेन वाटर हार्वेस्टिङ प्रणाली पनि लागू गरिरहेको जानकारी दिइन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- विदेशीका लागि नयाँ पदयात्रा गन्तव्य
- सरकारको काम गठन र विघटन मात्रै
- प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण !
- मोरङ उद्योग व्यापार संघमा सबै सदस्य निर्विरोध
- जीवन बीमा कम्पनीहरूले संकलन गरे एक खर्ब १० अर्ब बीमाशुल्क
- पाँच महिनासम्म शून्य वैदेशिक अनुदान
- मन्त्री यादव न्युयोर्कमा
- जिपी कोईराला फाउन्डेशन अमेरीकाका अध्यक्ष घिमीरे बने पहिलो नेपाली अमेरिकन सम्मानित
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया