सामसङको नयाँ ग्यालेक्सी ए३४ र ए५४ फाइभजी नेपालमा
काठमाडौं । सामसङले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी स्मार्टफोन ल्याएको छ । ए–सिरिजका दुईवटा नयाँ फोनमा धेरै समयसम्म टिक्ने ब्याट्री र विस्तारित मनोरञ्जनात्मक विशेषताहरु रहेको कम्पनीले जनाएको छ ।
‘हामी नयाँ सामसङ ग्यालेक्सी ए३४ र ए५४लाई प्रस्तुत गर्न पाउँदा अत्यन्त हर्षित भएका छौँ, जसले अतुलनीय मोबाइलको अनुभव दिलाउन स्लीक डिजाइन र अत्याधुनिक प्रविधि दुवै पेश गरेको छ’, कम्पनीले भनेको छ, ‘यी उपकरणहरुमा हाम्रो चिरपरिचित ग्यालेक्सी डिजाइन र नाइटोग्राफी जस्तो प्रमुख विशेषताहरु रहेका छन्, जसले ग्राहकहरुलाई कम प्रकाशको अवस्थामा पनि तीक्ष्ण फोटोहरु र भिडियोहरु खिच्न मद्दत गर्दछ ।’
सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले ग्यालेक्सी ए५४ फाइभजी र ग्यालेक्सी ए३४ फाइभजीमा फ्लोटिङ क्यामराका साथसाथै मोबाइलको रंगसँग मिल्ने मेटल क्यामरा डेकोको सुविधा रहेको बताए । उनका अनुसार ग्यालेक्सी ए –सिरिजमै पहिलो पटक ए५४ फाइभजीमा यसलाई प्रिमियम बनावट र अनुभव दिलाउने ग्लास ब्याक विशेषता जडित छ । ग्यालेक्सी ए५४ फाइभजी ३ रंङहरु कालो, हरियो र बैजनीमा उपलब्ध छ भने ग्यालेक्सी ए३४ फाइभजी कालो, हरियो र सिल्भर रंङमा उपलब्ध छ ।
ग्यालेक्सी ए५४ फाइभजी र ग्यालेक्सी ए३४ फाइभजीको निर्माण लामो समयसम्म टिक्ने गरी गरिएको छ । यी मोबाइलहरु ३० मिनेटसम्म पानीमा डुब्दा पनि कुनै क्षति हुँदैन । यस्तै मोबाइललाई धूलो र बालुवा प्रतिरोधक पनि बनाइएकोे छ । दुवै मोबाइलहरुका डिस्प्ले कर्निङ गोरिल्ला ग्लास ५ संरक्षणका साथ उपलब्ध भएकाले कोरिने र खस्दा फुटने सम्भावना न्यून छ ।
ग्यालेक्सी ए५४ फाइभजी ५० एमपि ओआईएस प्राइमरी लेन्ससहित १२ एमपिको अल्ट्रा वाइड लेन्स र ए३४ मा ४८ एमपि ओआइएस प्राइमरी लेन्स र ८ एमपिको अल्ट्रा वाइड लेन्स रहेको छ ।
दुवै मोबाइलको ध्वनि क्षमतामा पनि सुधार गरिएको कम्पनीले जनाएको छ । पाँच हजार एमएएच ब्याट्री जडित यी मोबाइल एकपटकको चार्जमा दुई दिनभन्दा बढी चलायमान हुनसक्छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- विदेशीका लागि नयाँ पदयात्रा गन्तव्य
- सरकारको काम गठन र विघटन मात्रै
- प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण !
- मोरङ उद्योग व्यापार संघमा सबै सदस्य निर्विरोध
- जीवन बीमा कम्पनीहरूले संकलन गरे एक खर्ब १० अर्ब बीमाशुल्क
- पाँच महिनासम्म शून्य वैदेशिक अनुदान
- मन्त्री यादव न्युयोर्कमा
- जिपी कोईराला फाउन्डेशन अमेरीकाका अध्यक्ष घिमीरे बने पहिलो नेपाली अमेरिकन सम्मानित
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया