आईएमई–पेको ‘तिमीलाई पनि, मलाई पनि’ अफर
काठमाडौं । आईएमई–पेले वालेट–टु–वालेट ट्रान्सफरलाई प्राथमिकता दिँदै ‘तिमीलाई पनि, मलाई पनि’ नामक अफर सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार यो अफर बुधबारदेखि सुरु भएको र आगामी भदौ २६ गतेसम्म चल्नेछ । सो अफरमा ग्राहकवर्गले आईएमई–पेमा वालेट–टु–वालेट ट्रान्सफर अर्थात् आईएमई–पे वालेटबाट आईएमई–पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच–हेयलोउ आरटी एलएस ०५५ जित्ने मौका पाउनेछन् । यस्तै प्रत्येक महिनाको अन्त्यमा दुई जना भाग्यशाली विजेता छनोट गरिनेछ । यस अफरअन्तर्गत पैसा पठाउने ग्राहकवर्गबाट एक जना तथा पैसा पाउने ग्राहकवर्गबाट एक जना विजेता गोलाप्रथाबाट छानिनेछन् ।
अफर अवधिभर वालेट–टु–वालेट ट्रान्सफर गर्ने ग्राहकहरूले सो पुरस्कार जित्न सक्नेछन् । ग्राहकवर्गमा वालेट–टु–वालेट ट्रान्सफर (पीटुपी) सेवाको सहजता र महत्वको जानकारी प्रदान गर्नका साथै ग्राहकहरूलाई विद्युतीय भुक्तानी माध्यममार्फत कारोबार गर्न उत्प्रेरित गर्ने उद्देश्यकका साथ अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- विदेशीका लागि नयाँ पदयात्रा गन्तव्य
- सरकारको काम गठन र विघटन मात्रै
- प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण !
- मोरङ उद्योग व्यापार संघमा सबै सदस्य निर्विरोध
- जीवन बीमा कम्पनीहरूले संकलन गरे एक खर्ब १० अर्ब बीमाशुल्क
- पाँच महिनासम्म शून्य वैदेशिक अनुदान
- मन्त्री यादव न्युयोर्कमा
- जिपी कोईराला फाउन्डेशन अमेरीकाका अध्यक्ष घिमीरे बने पहिलो नेपाली अमेरिकन सम्मानित
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया