Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमीले नार्जो ५० र रियलमी सी ३५ नेपालमा सार्वजनिक गर्ने

रियलमीले नार्जो ५० र रियलमी सी ३५ नेपालमा सार्वजनिक गर्ने


काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले नार्जो सिरीजअन्तर्गत रियलमी नार्जो ५० र स्टाइलिस एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३५ ल्याउने भएको छ । नयाँ प्रविधिको अतिरिक्त रियलमी नार्जो ५० स्मार्टफोनमा उत्कृष्ट प्रोसेसर, आकर्षक डिस्प्ले, छिटो चार्ज गने क्षमता र लामो समयसम्म चल्ने ब्याट्री रहेको छ । साथै यसमा फ्लागशिप स्तरको ५० एमपी क्यामेरा रहेको छ । साथै यो फोन नार्जो सिरीज अन्तर्गत उत्कृष्ट प्रदर्शन र दोहारो प्रकाणीकरणको साथ सबैभन्दा टिकाउ र गुणस्रीय हुनेछ ।

रियलमी नार्जो ५० सबैभन्दा शक्तिशाली प्रोसेसर हेलियो जी९५ साथमा आउनेछ । यसले पछिल्लो जी८५ भन्दा ४२ प्रतिशत कार्यसम्पादन वृद्धि देखाउँछ । यस्तै नार्जो ५० ले १८०हर्ज टच नमुना दर र १२० हर्ज रिफ्रेस रेटको साथ ६.६ इन्च स्क्रिन अपनाएको छ । रियलमी नार्जो ५० मा मेगा ५ हजार एमएएच् ब्याट्री रहेको छ । साथै यसमा भएको सुपर पावर बचत मोडले आकस्मिक (इमर्जेन्सी) ब्याट्री प्राप्त गर्न मद्दत गर्दछ । रियलमी नार्जो ५० दुई आकर्षक रङ्गहरु स्पीड ब्लाक र स्पीड ब्लु साथमा दुई स्टोरेज भेरियन्टहरु ४/६४ जिबी र ६/१२८ जिबीमा उपलब्ध हुनेछ  ।

यस्तै रियलमी सी ३५ ले ८.१ एमएम अल्ट्रा–स्लिम डाइनामिक ग्लोइङ्ग डिजाइन, फ्लागशिपस्तरीय ५० एमपी क्यामेरा, ६.६ एफएचडी फुलस्क्रिन पाँच हजार एमएएच ब्याट्रीलगायतका सुविधा प्रदान गर्नेछ । यूनिसोक टी६१६ शक्तिशाली प्रोसेसरसँग सुसज्जित रियलमी सी ३५ ले एनटुटु बेन्चमार्कमा दुई लाख ३० हजार ७२६ स्कोर प्राप्त गरेको छ । यसबाहेक, रियलमी सी३५, सी सिरिजअन्तर्गतको पहिलो फोन हो, जसमा डीआरई डाइनामिक -याम विस्तार गरिएको छ । यसले लास्ट–जेनभन्दा पनि सहज अनुभव प्रदान गर्दछ । रियलमी सी३५ मा सी सिरिजअन्तर्गतको पाँच हजार एमएएच ब्याट्री र १८ वाट फास्ट चार्जको फाइदा लिन सकिन्छ । रियलमी सी ३५ दुईवटा आकर्षक रङ्गहरु ग्लोइङ्ग ब्लाक र ग्लोइङ ग्रिनको साथमा दुई स्टोरेज भेरियन्टहरु ४/६४ जीबी र ६/१२८ जीबीमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया